पेन्सिल्भेनियाको ह्यारिसबर्गमा फेरि नेपाली भाषी भुटानी युवाद्वारा आत्महत्या
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
ह्यारिसबर्ग/ अमेरिकाको पेन्सिल्भेनियामा रहेको नेपाली भाषी भुटानी समुदायमा फेरि अर्को दुखद घटना घटेको छ।
शनिवार बिहान २८ वर्ष उमेरका रोजन विष्टले आत्महत्या गरेका छन्। पारिवारिक सदस्यका अनुसार बिहान ढिलो सम्म आफ्नो कोठाबाट बाहिर ननिस्किए पछि खोजी गर्दा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
रोजन पेन्सिलभेनियाको ह्यारिसबर्ग निवासी तथा डम्बर बहादुरका र धन माया विष्टका छोरा हुन्।
आत्महत्याको प्रहरीले पनि पुष्टि गरेको भुटानी कम्युनिटी अफ ह्यारिसवर्ग (बीसीएच) का अध्यक्ष तिलक निरौलाले समाज टाइम्सलाई बताए।
ह्यारिसबर्ग क्षेत्रमा पछिल्लो चार महिना नेपाली भाषी भुटानी समुदायमा आत्महत्याको यो सातौँ घटना हो। अझ तीस वर्ष मुनीको उमेरका पाँचौँ हो।
बीसीएच अध्यक्ष निरौलाले घटना प्रति दुख व्यक्त गरेका छन्। ‘समुदायको अर्को एक सदस्य गुमायौ यसले हामी चिन्तित छौ।’ निरौलाले समाज टाइम्स सँग भने।
उनले मानसिक स्वास्थ्य समस्यामा रहेकाहरूलाई आफ्नो कुरा नलुकाउन पनि आग्रह गरे। ‘तपाई वा तपाईँको परिवार तथा साथीभाइ कोही पनि समस्यामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् हामी उचित ठाउँमा पुर्याउछौ।’ उनले भने।
निरौलाले समस्या लुकाउँदा आत्महत्याको क्रम पनि बढ्ने भएकाले सबै त्यसबारेमा सचेत हुनु पर्नेमा जोड दिए।
















