पूर्ण हडताल गर्ने तयारीमा इङ्लिस नेशनल ओपेराका गायक र सङ्गीतकारको समूह
काठमाडौँ । इङ्लिस नेशनल ओपेरा(इनो)का सङ्गीतकार तथा गायकले जागिर कटौती गर्ने योजनाको विरोधमा पूर्ण हडतालमा जाने पक्षमा मतदान गरेका छन् । कम्पनीको, अर्केष्ट्रा,कोरस र सङ्गीतका स्टाफका सदस्यहरू आगामी फेब्रुअरी १ मा हुने ‘द हेण्डमेड्स टेल’को उद्घाटनका दिन बाहिरिनेछन् ।
इनोको कर्मचारी कटौती गर्ने योजना प्रस्तावमा अर्केष्ट्राका केही सङ्गीतकारका लागि र अन्यलाई तदर्थ फ्रिलान्स काम मात्र प्रस्ताव गरी तिनीहरूसँगको सम्झौतालाई घटाउने भनिएको छ ।
सङ्गीतकार युनियन र इक्विटीले १९ वटा अर्केष्ट्रा पोस्ट हटाउने र अन्य सदस्यहरूलाई ‘पार्ट टाइम’ कामदार बनाउने योजनाले सङ्गीतकारहरूको जीविका खतरामा पर्ने भन्दै त्यसको विरोधमा गायक र सङ्गीतकारले पूर्ण हडताल गर्ने पक्षमा मतदान गरेका हुन् ।
तर, इनोले यो विवादलाई वार्ताको माध्यमबाट राम्रोसँग समाधान गर्न सकिने भनेको छ ।
४४ वर्षपछि सङ्गीतकार युनियनका सदस्यहरूले पहिलो पटक पूर्ण हडताल गर्न लागेका हुन् । युनियनका महासचिव नाओमी पोलले यो मतदान अर्केष्ट्रा क्षेत्र र विशेष गरी ओपेरा तथा ब्यालेटका लागि अत्यन्तै कठिन समयको सङ्केत भएको बताएकी छन् ।
आर्ट्स युनियन इक्विटीका महासचिव पल फ्लेमिङले भने, ‘यस विवादको केन्द्रबिन्दु यो देशमा ओपेरा कसका लागि ? त्यहाँ स्थिर, हरेक पृष्ठभूमिका मानिसका लागि पहुँचयोग्य जागिरहरू वा केही सीमित कामहरू सीमितका लागि हुनुपर्दछ भन्ने हो।’
इनोले सन् २०२३ जुलाईमा आर्ट्स काउन्सिल इंग्ल्याण्डसँगको कोष सम्झौताको स्मरण गर्दै आफूहरू दिगो भविष्यका लागि काम गर्दा राम्रो विश्वासका साथ युनियनहरूसँग कुराकानी जारी राख्न प्रतिबद्ध रहेको जनाएको छ ।
कोरस, अर्केष्ट्रा र सङ्गीतका कर्मचारीहरूलाई अनावश्यक बनाउने र उनीहरूलाई वर्षको ६ महिना मात्र रोजगारी दिने योजना सार्वजनिक भएपछि इनोले मतदानको निर्णय गरेको थियो । इनोमा रहेका सङ्गीत युनियनका सदस्यमध्ये ९३ प्रतिशतले पूर्ण हडतालको पक्षमा मतदान गरेका छन् ।
गत वर्ष इनोका म्युजिक निर्देशक मार्टिन ब्राबिन्सले कर्मचारी कटौनी हुने भएपछि राजीनामा दिएका थिए । इनोलाई आर्ट काउन्सिल लन्डनको वार्षिक कोर्स पोर्टफोलियोबाट हटाइएपछि त्यहाँबाट पाइरहेको १२ दशमलव ८ मिलियन अनुदान गुमाएपछि कर्मचारी कटौतीको प्रस्ताव गरेको थियो ।















