कुवेतका ‘अमिर’को निधन नयाँ पनि घोषणा

कुवेत । युवराज शेख मेसल अल अहमद अल-सबाहलाई शनिबार कुवेतको नयाँ ‘अमिर’ (शासक) घोषणा गरिएको छ। उनी स्वर्गीय शेख नवाफ अल अहमद अल-सबाहको उत्तराधिकारी हुनेछन्।
शाही अदालतका अनुसार शेख नवाफको आज ८६ वर्षको उमेरमा निधन भएको हो । उनको मृत्युको कारण भने खुलाइएको छैन । तर स्वास्थ्यमा समस्या आएपछि उनलाई गत महिना अस्पताल भर्ना गरिएको थियो । नवाफ तीन वर्षअघि मात्रै अमिर बनेका थिए ।
समाचार एजेन्सी ‘रोयटर्स’का अनुसार उपप्रधानमन्त्री तथा क्याबिनेट मामिला राज्यमन्त्री इस्सा अल-कन्डारीले एक विज्ञप्तिमा उत्तराधिकारीको घोषणा गरेका हुन्। क्राउन प्रिन्स शेख मेशाल (८३ वर्ष) २०२१ देखि कुवेतको शासक छन् । शेख नवाफ बिरामी भएकाले उनको अधिकांश कार्यभार उनलाई सुम्पिएको थियो।
कुवेतको संविधान अनुसार युवराज स्वतः शेख बन्छ । उनले संसदमा सपथ लिएपछि सत्ता सम्हाल्न सक्छन् । नयाँ अमिरलाई उत्तराधिकारी नाम दिन एक वर्षसम्मको समय छ। कुवेतको शासक परिवारको युवा पुस्ताले पद हडप्न खोजेकाले नयाँ अमिरको छनोटलाई नजिकबाट हेरिएको थियो।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोशल मिडिया प्लेटफर्म X मा एक विज्ञप्तिमा शेख नवाफको निधनको खबर सुनेर दुखी भएको बताएका छन्। उनले आफू बेलायतको महान मित्र भएको र सधैं सम्झिने बताए । ऋषि सुनकले कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-सबाहको निधनमा कुवेती नागरिकहरू र अल सबा परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।