क्यानाडाको राजदूतमा पौड्यालको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले क्यानाडाका लागि नेपाली राजदूतमा सिफारिस गरिएका भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा पौड्यालसँग सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गर्ने निर्णय भएको समिति सदस्य जानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनले भने, ‘भरतराज पौडेलको सम्बन्धमा संसदीय सुनुवाइ समितिको संयुक्त बैठक तथा कार्य सञ्चालन नियमावली २०८० तथा समितिको कार्यविधि २०८० बमोजिम गर्दा प्रस्तावित व्यक्तिको क्षमता योग्यता र अनुभव समेतको आधारमा बैठकले क्यानाडाका लागि आवासीय राजदुत एवम् क्यूवा, जमैका डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा स्थायी प्रतिनिधमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय भएको छ ।’
कात्तिक २ गते मन्त्रिपरिषद बैठकले पौड्याललाई क्यानाडाको राजदूतमा सिफारिस गरेको थियो । सुनुवाई समितिबाट अनुमाेदन भएकाले एग्रीमो आएपछि राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने छन् ।














