एनआरएन नागरिकता प्राप्त गर्दा झन्झट भए सम्पर्क गर्नका लागि केसी समूहले सुरु गर्यो हटलाइन सर्भिस
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको वद्री केसी समूहले गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्दा सास्ती व्यहोरेकालाई सहजीकरण गर्ने भएको छ ।
त्यसका लागि २४ सै घण्टा सातै दिन हटलाइन सर्भिस सुरु गरेको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक सूचना प्रकाशित गर्दै एनआरएन नागरिकता लिनका लागि अप्ठेरो परेमा सम्पर्क गर्न पनि भनेको छ । सरकारले नागरिकता ऐन जारी गरेर नियमावली बनाएपछि गत अक्टोबर १७ तारिखदेखि एनआरएन नागरिकता वितरण सुरु गरेको थियो ।
प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक समारोहकाबीच तत्कालिन अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष डा. बद्री केसीलाई नागरिकता वितरण गरेर यो कार्यको प्रारम्भ गरेका थिए । त्यसपछि अहिले जिल्ला जिल्लाबाट एनआरएन नागरिकता वितरण सुरु भएको छ भने कतिपय लिइ पनि सकेका छन् ।
पछिल्लो समय एनआरएन नागरिकता प्राप्त गर्नका लागि केही झन्झट देखिएको गुनासोहरु सचिवालयमा आएपछि हटलाइन सेवा सुरु गरिएको एनआरएन कल्याण विभागले जनाएको छ ।















