नेपाली रंग ‘फेसन’ले रंगियो राष्ट्रपति, प्रधानमन्त्री र प्रधान न्यायधिश निवास

काठमाण्डौं /नेपाली उत्पादनलाई प्रथमिकता दिने सरकारी नीति अनुरुप राष्टप्रमुख लगायतको निवासमा नेपाली पेन्ट्सको प्रयोग गरिएको छ ।
अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायधिशको निवासमा पुग्नुभयो भने चिटिक्कसँग रङ्गरोगन गरिरहेको दृश्य देख्न सक्नुहुन्छ ।
प्रधानमन्त्री निवास, प्रधानमन्त्रीको सचिवालय, पार्किङ क्षेत्र वरिपरि भएका भवन तथा रुखहरूमा पनि रातो र सेतो रंग लगाएर आकर्षक देखाइएको छ।

तिहारको अवसर पारेर यी सबै ठाउँका रङ्गरोगनहरु नेपालमा उत्पादन भएको फेसन पेन्ट्स प्रयोगमार्फत गरिएको हो । यी सबै कार्यालयको भवन, कम्पाउन्ड र पर्किङस्थल तथा त्यहाँ भएका गमलाहरूमा समेत रातो, सेतो र अन्य रगंहरु मिलाएर लगाइएको छ । अन्य विदेशी पेन्ट्स भन्दा नेपाली पेन्ट्सको गुणस्तर पनि कम छैनन् भन्ने बलियो प्रमाण त्यहाँबाट सजिलै देख्न सकिन्छ ।

विगत ७ वर्षदेखि नेपालमै उत्पादन सुरु गरेर नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको यो पेन्ट्स स्तरीय रहेको बताइएको छ । नेपाली बजारमा लामो समयदेखि अन्य विदेशी पेन्टस् पनि उपलब्ध छन् । तुलनात्मक रुपमा फेसन पेन्ट्सको गुणस्तर बढी र मूल्य पनि कम रहेकाले यो रंग सरकारी रोजाइमा परेको शहरी विकाश मन्त्रालयका प्रवक्ता सुरेश कुमार वाग्लेले बताए ।

राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीश जस्ता देशका प्रमुख व्यक्तिहरूको निवास र कार्यालयमा फेसन पेन्ट्स प्रयोग हनु गौरवको विषय भएको कम्पनीका सिइओ प्रभाकर आचार्यको भनाइ छ ।
आचार्यले नेपाली उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । ब्रान्डको नाममा चर्को मूल्यमा विदेशी पेन्ट्सको प्रयोग गरेर आफ्नो देशको पैसा बिदेश पठाउनु भन्दा आफ्नै देशको स्तरीय पेन्टस् प्रयोग गर्नसके नेपाली उद्योग पनि स्थापित हुने देखिन्छ ।
‘सबैले साथ र सहयोग गर्ने हो भने हामी एक दिन पक्कै स्वावलम्बी हुनेछौँ’, फेसन पेन्ट्सका सीओओ सञ्जीव पुडासैनीले भने ।