अमेरिकन ६० हजार इमेल चिनियाँ ह्याकरको कब्जामा
न्युयोर्क । चीनले फेरि एकपटक आफ्नो कदमले अमेरिकाको समस्या बढाएको छ ।चिनियाँ ह्याकरहरूले अमेरिकी विदेश विभागको खाताबाट हजारौं इमेलहरू चोरी गरेको दावी गरिएको छ ।
अमेरिकन एक सिनेटका कर्मचारीले रोयटर्सलाई विदेश विभागका इमेल चिनियाँ ह्याकरले कब्जामा लिएकाे बताएका हुन् ।
स्टेट डिपार्टमेन्टका आईटी अधिकारीहरूले विभागका १० खाताबाट ६० हजार इमेल चोरी भएको दाबी गरेका छन् । ती विभागहरूमध्ये ९ वटा पूर्वी एसिया र युरोपका लागि कार्यरत थिए।
चिनियाँ ह्याकरहरूले विभागका सबै इमेलहरू समावेश गरिएको सूची पनि ह्याक गरे। ह्याकरहरूले माइक्रोसफ्ट इन्जिनियर उपकरणहरूमा पहुँच पुर्याएका हुन् ।
चिनियाँ ह्याकरहरूले अमेरिकी सरकारलाई निशाना बनाएको यो पहिलो पटक भने होइन। यसअघि पनि चिनियाँ ह्याकरहरूले २५ संस्थाको इमेलमाथि पहुँच राख्न सफल भएका थिए । यसका साथै चिनियाँ ह्याकरहरूले बेइजिङमा रहेका अमेरिकी राजदूत निकोलस बर्न्सको इमेल खाता पनि ह्याक गरेका थिए ।














