सन्दीपको सुनुवाई आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई आज हुने भएको छ । गतवर्ष गौशाला २६ ले उनीविरुद्ध दिएको बलात्कारको मुद्दाको अन्तिम सुनुवाईको मिति भने पटक पटक सर्दै आएको छ ।
पछिल्लो समय गत सोमबार तय भएको पेसी त्यसदिन न्यायाधीश अभावको कारण देखाउँदै काठमाडौं जिल्ला अदालतले पेसी स्थगित गरेको थियो । स्थगित पेसी आजलाई तय भएको हो । काठमाडौं जिल्ला अदालतले आज सुनुवाईका लागि मिति तय भएकाले एसियन गेम्सका लागि टिमसँगै सन्दीप चीन जाने छैनन् । नेपाली टिम आज जाँदै छ ।
यसअघि काठमाडौँ जिल्ला अदालतमा सुनुवाइका लागि न्यायाधीश अभाव भएपछि सोमबार स्थगित भएको मुद्दा आजका लागि पेसीमा राखिएको हो । त्यसअघि भदौ २१ गतेको सुनुवाइमा न्यायाधीश शकुन्तला कार्कीको मुद्दा हेर्दाहेर्दैमा राख्ने प्रस्ताव गरेकी थिइन् ।
त्यसपछि सन्दीपका अधिवक्ता सरोज घिमिरेले बसाइँ सर्नु अघिको नगरपालिकाको डकुमेन्टमा पीडितको यकिन जन्म मिति हुन सक्ने भन्दै कागजात मगाउन माग गरेका थिए ।
उक्त माग बमोजिम न्यायाधीश कार्कीको इजलासले फेरि पीडितको जन्म दर्ता मगाउन आदेश दिएको थियो ।