सन्दीपको पेसी स्थगित
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेको मुद्दाको पेसी आज पनि स्थगित भएको छ ।
यसअघि गत सोमबार तय भएको पेसी न्यायाधीश अभावका कारण स्थगित भएर आजलाई तोकिएको थियो ।
तर आज पनि काठमाडौं जिल्ला अदालतमा सन्दीपको पेसी स्थगित भएको हो ।
आज पनि काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभावको कारण देखाउँदै सन्दीपको पेसी स्थगित गरेको जनाएको छ ।
पछिल्लो समय न्यायाधीशहरुको सरुवा तथा बढुवा भएकाले नियमित इजलास गठन हुन अप्ठेरो परेको बताइएको छ ।
सन्दीपको आजसमेत गरेर १७ पटक पेसी स्थगित भएको छ ।
गौशाला २६ ले गत वर्ष बलात्कारको आरोप लगाएर उनीविरुद्ध उजुरी दिएकी थिइन् ।