सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ
काठमाडौं । त्रिभुवन विमानस्थलबाट तस्करी भएको सुन प्रकरणमा थप १ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले पछिल्लो समय बाराका शिव कुमार सफर पक्राउ परेका हुन् । उनीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन राजश्व अनुसन्धान विभागकाले सिनामंगलबाट बरामद भएको थियो । रेडि ट्रेडसले ब्रेक शु भनेर ल्याएको सामान सुन भएको पुष्टि भएको थियो ।
सुन प्रकरणमा चिनियाँ व्यापारीको संलग्नता रहेको र उनीहरुसँग साठगाँठ गर्ने नेपालीहरु पक्राउ परेका छन् । यसमा पूर्व सभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरा पक्राउ परेका छन् भने पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग भने बयान लिएको छ ।
अहिलेसम्म यो प्रकरणमा भन्सारका कर्मचारी पनि पक्राउ परिसकेका छन् ।














