२४ घण्टा सरकार ढाल्ने सांसद शर्माको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिल शर्माले, आफूहरू लाग्ने हो भने सरकार २४ घण्टामै ढल्ने चेतावनी दिएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अहिलेका नेताकै कारण देश बर्बाद भएको भएको भन्दै त्यस विरुद्ध आवाज उठाउन ढिला भएको बताए ।
उनले अहिलेका प्रधानमन्त्री प्रचण्डलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने भन्दै प्रश्न उठाए ।
उनले भने ‘सिंहदरबार घेर्नु पर्छ भने त्यो घेरौँ । गान्धीको चर्खा आन्दोलन जस्तै दसौँ लाख मानिसहरू सडकमा निस्कौँ र हामी सुतौँ र भनौँ एउटा मान्छे एउटा पार्टीको ४० वर्षसम्म अध्यक्ष हुन पाउँछ कि पाउँदैन ? कानुन त्यहाँ परिवर्तन गर्नु पर्छ हामीले, एउटा मान्छे छ पल्ट प्रधानमन्त्री हुन पाउँछ कि पाउँदैन कानुन हामीले त्यहाँ परिवर्तन गर्नु पर्छ हामीले । अमेरिकी स्टाईलमा लैजाँउ न हामी एक व्यक्ति एक पद दुईपल्ट यति मात्रै चेन्ज गर्यौ भने नेपालको ९० प्रतिशत समस्या समाधान हुन्छ ।’
उनले उद्योग वाणिज्य महासंघले आफ्नो क्षमता नबुझेको भन्दै उद्योगीहरूले चाहे २४ घण्टामा सरकार ढल्ने ठोकुवा गरे ।
उनले भने ‘एफएनसीसीआईका साथीहरू तपाईँहरूले आफ्नो दम बुझ्नु भएको छैन । यो सरकार २४ घण्टा टिक्दैन यदि हामी लाग्यौँ भने । ’