अमेरिका सहित ६७ मुलुकबाट नेपाल जादा फेरि क्वारेन्टाईनमा बस्नु पर्ने

अमेरिका । नेपाल सरकार अध्यागमन विभागले अमेरिका, क्यानडा,बेलायत सहित ६७ मुलुकलाई जोखिमयुक्त भन्दै नयाँ यात्रा निर्देशिका जारी गरेको छ । कोभिड-१९ को नयाँ भेरियण्ट ओमिक्रोन जोखिमका कारण नयाँ व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
जोखिमयुक्त सूचिमा राखिएको मुलुकबाट नेपाल जादा फेरि क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था निर्देशिका उल्लेख छ । अर्को सूचना जारी नभए सम्म यो व्यवस्था लागु हुने छ ।
डिसेम्वर १७ मा विभागबाट जारी निर्देशिकामा जोखिमयुक्त मुलुकबाट यात्रा गरि नेपाल जाने यात्रुले सात दिन आफ्नै खर्चमा होटलमा बस्नु पर्ने छ । यस्तै कोभिड-१९ को आरटी पीसीआर विधिबाट परिक्षण गरि नेगेटिभ आएमा सात दिन होम क्वारेन्टाईनमा बस्नु पर्ने छ । पोजेटिभ आएका व्यक्ति तोकिएका स्वास्थ केन्द्र वा अस्पतालमा बस्नु पर्ने छ ।
६७ देशको सूची हेर्न यहाँ क्लिक गर्नुहोला ।
यस अगाडि नेपालले विभिन्न आठ मुलुकबाट नेपाल यात्रा गर्न प्रतिवन्ध लगाएको थियो । नेपाल भ्रमण गर्न प्रतिवन्ध लगाइएका मुलुकको सूचीका लागि यहाँ क्लिक गर्नु होला ।