अपारदर्शी निर्णय १ हप्ताभित्र सच्याउन कालीमाटीलाई किसान सञ्जालको चेतावनी
काठमाडौं । राष्ट्रिय किसान सञ्जालले कालीमाटी बजार विकास समितिले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय किसान सञ्जालका संयोजक गणेश तिमल्सिनाले समितिले गरेको अवैज्ञानिक र अपारदर्शी निर्णय आजका मितिले १ हप्ताभित्र सच्याउन आग्रह गरेका छन् ।
उनले भने ‘आम किसानका आवाजलाई वेवास्ता गरी सरकारी निकायबाटै किसानसँग सरोकार राख्ने सरकारको सम्पत्तिको प्रयोग अनुचित तवरले हुन गएको भन्दै समितिले गरेको अवैज्ञानिक र अपारदर्शी निर्णय आजका मितिले १ हप्ताभित्र सच्याउन आग्रह समेत गरेको छ । ’
समितिले नेपाल सरकारको स्वामित्वमा संचालनमा रहेको कालीमाटी तरकारी तथा फलफूल बजारका स्टल तथा सटरहरु विना प्रतिष्प्रर्धा पुरानै व्यापारीहरुलाई नवीकरण गर्ने निर्णय गरेको थियो ।
सञ्जालले प्रतिष्पर्धामार्फत बजारका स्टल तथा सटरहरु भाडामा उपलब्ध गराउन र किसानकालागि ५० प्रतिशत कोटा छुट्याउन माग गर्दै बजार विकास समितिलाई पटक पटक ध्यानाकर्षण गराउदै आएको थियो ।
नेपाल सरकारका साथै यस निकायमावि सुशासन, पारदर्शीता र उत्तरदायित्वमाथि गम्भीर प्रश्न उठेको उनीहरुको गुनासो छ ।














