दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको जीवन रक्षाका लागि कार्य जारी : मन्त्री आचार्य
काठमाडौं । महिला वालवालीका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको जीवन रक्षाका लागि प्रभावकारी कार्य भइरहेको बताएका छन् ।
विहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ५३६ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उनीहरुको जीवन रक्षामा सहयोग गरेको बताए ।
उनले भने ‘ आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारिता अध्ययन गरी उक्त परियोजनालाई थप परिमार्जन गरि निरन्तता दिने कार्यक्रम रहेको छ । यस कार्यक्रमको लागि बजेटको कमी छैन् । ’
उनले कागेश्वरी मनोहरा ८ गोठाटार स्थित १० रापनी जग्गा अस्पताल सहितको जेष्ठ नागरिक मिलन केन्द्र निमार्ण गर्ने उद्देश्यका लागि जग्गा मन्त्रालयलाई उपलव्ध गराईको बताए ।
तर उक्त जग्गा मन्त्रालयले पूर्ण स्वामित्वमा लिन मिल्ने अवस्था नभएको उनको भनाइ थियो । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको लागि १ अर्व ५७ करोड ६२ लाग बजेट विनियोजन भएको छ ।














