सोमबारको व्रत सुरु, पशुपतिमा भक्तजनको घुइँचो

काठमाडौं । साउने सोमबारको व्रत आजबाट सुरु भएको छ ।
चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि प्रारम्भ भएको हो ।
यस वर्ष साउन महिनामा अधिकमास परेको छ । त्यसैले,चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने भएकाले सोमबारको व्रत यो पटक लामो पर्ने भएको छ ।
हिन्दू धर्मावलम्बी महिलाहरुले भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन अनुसार शिव मन्दिरहरुमा सोमबार भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ ।
आज पशुपतिनाथमा पनि बिहानै देखि व्रतालु भक्तजनको भिड लागेको छ ।