फेस भेरिफिकेशन बाहेकको निर्वाचनमा भाग लिँदैनौ : डा. बन्जाडे समूह

पेन्सिलभेनिया, अमेरिका/ गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको ‘फेस भेरिफिकेशन’ विनाको निर्वाचनमा आफूहरू सहभागी नहुने अध्यक्षका प्रत्याशी डा. अर्जुन बन्जाडे समूहले जनाएको छ।
डा. बन्जाडे र उनी समर्थक अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) का पदाधिकारी तथा एनसीसीका पदाधिकारीले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।
‘एनआरएनए, आईसिसिको निर्देशन अनुसार निर्वाचन गर्नुहुन हामी यस क्षेत्रका आइसिसीमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा एनसिसि, अमेरिकाका उम्मेदवारहरू फेस भेरिफिकेशन नगरिएको निर्वाचन हाम्रो सहभागी नहुने जानकारी सहित यो विज्ञप्ति जारी गरेका छौ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘निष्पक्ष निर्वाचनको आधार फेस रिडिङ मात्र भएको जानकारी समेत गराउँदछौ ।’
विज्ञप्तिमा आइसिसीका सचिवहरू राजन त्रिपाठी, शङ्कर खड्का र प्रमोद सिटौला तथा कोषाध्यक्ष सुनिल साहको पनि नाम छ।
एनआरएनए अमेरिकाले अहिले सम्म कुन प्रविधिबाट निर्वाचन गराउने भन्ने निर्णय गरेको छैन। यद्यपि केही समय अगाडी समाज टाइम्स सँगको विशेष कुराकानीमा एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीले ‘फेस भेरिफिकेशन’ बाट निर्वाचन गर्न लगभग कठिन रहेको बताएका थिए।
सुवेदी सँगको समाज टाइम्स सम्वाद
एनआरएनए पदाधिकारीहरुको विज्ञप्तिको पूर्णपाठ
प्रेस बिज्ञप्ती !
आदरणिय अमेरिकावासी दाजुभाई तथा दिदीबहिनीहरु
तथा पत्रकार साथीहरु !
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाको निर्वाचन निकट भबिष्यमा हुन गईरहेको यहांहरुलाई सर्व बिधितै छ ।बिगतमा गरिएका सदस्यता बितरण एबं निर्वाचन प्रकृयाहरू निश्पक्ष नभएको भनेर बिभिन्न आरोप तथा मुद्दा खेपिरहेको एनआरएनए , अमेरिकाले यस पटक भने एमआईएस सिस्टमबाट सदस्यता बितरण संगै निष्पक्ष निर्वाचनको आधार तयार हुनेमा सम्पुर्ण सदस्यहरूमा थप उत्साह र संस्था प्रति भरोशा बढेको थियो ।
सम्पुर्ण सदस्यहरूले आफ्नो फेस भेरीफिकेशन सेल्फी मार्फत सदस्यता बनेका र सोहि प्रकृया अनुसार नै मतदान हुनेमा सम्पुर्ण सदस्यहरु बिश्वस्त थिए । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको (आईसिसि) अधिबेशन संचालन कार्यबिधिमा निर्वाचनको प्रकृयामा फेस भेरिफिकेशन अनिवार्य हुनुपर्ने नियमबाट झनै निश्पक्ष निर्वाचनको बिश्नासनियता बढेको थियो ।
अहिले निर्वाचनको मिति नजिकिदै गर्दा बर्तमान एनसिसि, अमेरीकाको निर्वाचन समितिको गतिबिधि हेर्दा कतै यो निर्वाचन समिति पुरानै तरिकाको निर्वाचन गराउने तर्फ उद्धत भएको त होईन भन्नेमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । पटक पटक एनआरएन, आईसिसिको निर्देशन बिपरित निर्बाचन प्रमुख आयुक्तको अन्तर्वाता साथै फेस रिडिड्ग सम्बन्धी भेन्डरको व्यबस्थापनमा कुनै चासो नदेखाएको बाट थप शंका पैदा गरेको छ।
त्यसैले सम्पुर्ण सदस्यहरूको फेस भेरिफिकेशन बाहेक अन्य प्रकृयाबाट गरिने निर्वाचन निश्पक्ष नहुने साथै एनआरएनए आईसिसिको नियामावली बिपरित हुने हुदा यस्ता कार्य नगर्नु हुन साथै फेस भरिफिकेशनको माध्यम बाट निर्बाचन गर्नुहुन यसै बिज्ञाप्ति मार्फत अनुरोध गर्दछौ ।
अन्तमा एनआरएनए, आईसिसिको निर्देशन अनुसार निर्वाचन गर्नुहुन हामि यस क्षेत्रका आईसिसिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा एनसिसि, अमेरिकाका उम्मेदवारहरु फेस भेरिफिकेशन नगरिएको निर्वाचना हाम्रो सहभागि नहुने जानकारी सहित यो बिज्ञप्ति जारी गरेका छौ। निश्पक्ष निर्वाचनको आधार फेस रिडिड्ग मात्र भएको जानकारी समेत गराउदछौ ।
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समितीको तर्फबाट
१)राजन त्रिपाठी – सचीव
२)शंकर खडका – सचीव
३)प्रमोद सिटौला – सचीव
४)सुनिल साह – कोशाध्यक्ष
५)प्रकाश सापकोटा – अमेरिकाज क्षेत्रीय संयोजक
६)पशुपति पाण्डे – अमेरिकाज क्षेत्रीय सह संयोजक
७)पुरूशोतम बोहोरा – अमेरिकाज क्षेत्रीय सह संयोजक
८) संन्जय थापा – आईसिसि सदस्य
एनसिसि अमेरिकाको तर्फबाट :
१) डा अर्जुन बन्जाडे – आहामी निर्बाचनका लागी अध्यक्षका प्रत्यासी
२) कृण्ण जीबी पन्थ – बर्तमान बरिष्ट उपाध्यक्ष
३) बिकास उप्रेती – बर्तमान उपाध्यक्ष तथा आगामी निर्बाचनका लागी बरिष्ट उपाध्यक्षका प्रत्यासी
४) गोपेन्द्र भट्टराई – बर्तमान उपाध्यक्ष तथा आगामी निर्बाचनका लागी महासचिवका प्रत्यासी
५. राजन पन्त – निबर्तमान भेरिभिकेसन समितिका संयोजक
६. सि पि पौडेल
७. तिलक केशी
लगायत सम्पुर्ण डा. अर्जुन बन्जाडेका संस्था शुद्विकरण तथा परिबर्तनका पक्षधरहरु
र यो पनि …
प्रवासी नेपाली मञ्चका अध्यक्षको धम्की: ‘पुन: अर्को एनसीसी गठनका लागि बाध्य नपार’
एनआरएनए आइसीसी अध्यक्ष डा.केसीको पत्र : ‘निर्वाचन भौतिक वा फेसिएल भेरिफिकेसनबाट मात्र’
July 5, 2023 @ 11:33 am
[…] फेस भेरिफिकेशन बाहेकको निर्वाचनमा भा… […]