प्रवासी नेपाली मञ्चका अध्यक्षको धम्की: ‘पुन: अर्को एनसीसी गठनका लागि बाध्य नपार’

पेन्सिलभेनिया,अमेरिका / प्रावसी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्षय संजय थापाले अमेरिकामा अर्को एनसीसी गठन गर्ने चेतावनी दिएका छन्।
अमेरिका निवासी थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो धम्की दिएका हुन्। उनी प्रावसी नेपाली मञ्च अमेरिकाको सस्थापक अध्यक्ष पनि हुन्।
उनले निर्वाचन आयोगलाई खवरदारी समेत गरेका छन्। ‘एनआरएनए एनसीसी अमेरिकाको २३-२५ कार्यकालका लागि हुन गईरहेको निर्वाचन पनि कसैलाई जिताउनको लागि फेस भेरिफिकेसन नगराई निर्वाचन गराउने तयारी गर्दै गरेको गन्द आईरहेको छ ! “खवरदार निर्वाचन आयोग” !’ थापाले भनेका छन्।
‘अमेरिकामा रहेका सचेत गैर आवसिय नेपालीहरु सधै यहाँ हुने सदस्य निर्माण र निर्वाचन प्रकृया सँग आजित भई रहेको अवस्थामा हामीले २०१७ देखी उठाईरहेको आवजलाई यो पटक सदस्य वनाउने प्रकृयामा संवोधन भएकोले हामी आशावादी भयौ सदस्य वनाउने प्रकृयामा सकारात्मक सदेश दिदै सवैको मेहनतको वावजुद हिजोकै संख्या हाराहारी सदस्य वनेकै हो !’ थापाले भनेका छन्।
‘एनआरएए आइसीसीले लगाम लगाउन सक्छ कि सक्दैन ! होईन भने सदस्य वनाउने वेला किन नाटक गराईयो !’ थापाले अगाडि प्रश्न गरेका छन्।
थापाले अहिलेको अवस्थामा चुनाव गराए त्यसमा भाग लिनुको अर्थ नभएको र अर्को संस्था गठन गर्ने धम्की दिएका छन्।
‘यदी कसैको कुरा नसुनी जवर्जस्ती निर्वाचन गराउने हो भने यसमा भाग लिनुको अर्थ छैन ! पुन हामीलाई अर्को एनसीसी गठन गरेर जान पर्ने वाध्यता नवनाईयोस समय मै निर्वाचन आयोग र आइसीसीको ध्यानाकर्शण गराउन चाहन्छौ !’
मञ्च नेकपा एमाले निकटको संस्था हो। मञ्चले यस पटक एनसीसी अमेरिकाको निर्वाचनमा अध्यक्षमा डा.अर्जुन बञ्जाडेलाई समर्थन गर्दै अन्य सात पदमा आफ्ना उमेदवार मैदानमा उतारेको छ।
जुलाई २२ र २३ तारिकमा हुने निर्वाचनका लागि डिलु पराजुली र समुन थापाले पनि अध्यक्षमा उमेदवारी दिएका छन्।
एनआरएनए अमेरिका र निर्वाचन आयोगले अहिले सम्म निर्वाचन प्रक्रियाको बारेमा केही बताएको छैन्।