प्रधान सेनापति शर्मा र राष्ट्रसंघका शान्ति अभियानका उपमहासचिव ल्याक्रोईक्सबीच भेटवार्ता
काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघ शान्ति अभियानका लागि उपमहासचिव जीन पियरे ल्याक्रोईक्सबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलवार काठमाडौंको जङ्गी अड्डामा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपालको चार दिने भ्रमणमा आएका उपमहासचिव ल्याक्रोईक्सलाई उपरथी योगराज शर्मा तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
त्स्तै म्यानमारका गैर–आवासीय सैनिक सहचारी Brigadier General Ye Htut ले प्रधान सेनापति महारथी शर्मासँग आजै शिष्टाचार भेटघाट गरेका छन् । उक्त दुवै भेटघाटमा आपसी चासोका विषयहरुमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।