संविधान बनाउने बेलामा मधेशी नेताहरु नाकावन्दी गरेर सडकमा थिए : हरिचरण साह
काठमाडौं । नेपाली जनता दलका नेता हरिचरण साहले सरकारमा सत्ताको भागेदारीको लागि सबै मधेशीलाई लड्न अपील गरेका छन् ।
शनिवार रौनियार महिला समाजको ३९ औं वार्षिकोत्सव कार्यक्रममा साहले सत्ताको भागेदारी नभएसम्म केहि अधिकार पाउँन नसक्ने भन्दै सत्ताको भागेदारीको लागि सबै मधेशीलाई लड्न अपील गरेका हुन् ।
उनले भने,‘संसदीय प्रणालीमा या सरकारमा सत्ताको भागेदारीको लागि सबैजना लड्न आवश्यक छ । जबसम्म सत्ताका्े भागेदारी हुँदैनौं तबसम्म हामीहरुले केहि पाउँदैनौं । त्यसैले सत्तामा भागेदारीको लागि मैले संसदमा आवाज उठाएको छु।’
उनले संविधान बनाउँने बेला सबै मधेशी नेताहरु संसदमा नआएर सडकमा नाकाबन्दी गरेर बसेकाले संविधानको अधिकारबाट बञ्चित भएको उनको भनाइ छ । उनले भने,‘संविधान बनाउँने बेला जाने म एक एउटा यस्तो मधेशी थिए जो संसदमा बसेर आवाज उठाईराको थिए । बाँकी मधेसी नेताहरु नाकाबन्दी गरिराथे । जति पनि मेधेशी नाममा पार्टी खोलेका छन् ।
उनीहरुले मेधेशी र पहाडीको झगडा गराएका छन् । संसदमा आएर बस्ने ठाउँमा रोडमा थिए । संसदमा आएर बसेको भए संविधानमा अधिकार मिल्ने थियो ।’
सत्ताका कानून मुठ्ठीमा भयो र पुरानै सासन चलाउनेहरुकै नाममा कानून बनेकाले संविधान धेरै त्रुटि देखीएको उनको भनाई छ ।














