ह्यारिसबर्गमा भानु जयन्ती मनाइने
पेन्सिलभेनिया,अमेरिका / आदिकवि भानुभक्त आचार्यको २१० औ जयन्ती अमेरिकाको पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गमा मनाइने भएको छ।
त्रिवेणी साहित्य मञ्च ह्यारिसबर्गले भानुजयन्ती मनाउने जमर्को गरेको हो। ‘जुलाई १६ तारिक आइतवारका दिन ह्यारिसबर्गमा हामीले साहित्य कार्यक्रम गरि भानु जयन्ती मनाउदै छौ।’ मञ्चका सचिव नारद आचार्यले समाज टाइम्स सँग भने।
‘कार्यक्रमको विस्तृत खाका हामी बनाउदै छौं’ आचार्यले भने,’ त्यस अवसरमा भाषिक साहित्यिक, साङ्गितिक, सांस्कृतिक कार्यक्रमका साथै पृथक् पृथक् विधाका दुई कृतिको विमोचन गरिने छ।’
दुई मध्ये एक कृति विश्वभर रहेका झण्डै ढेड सय कविहरुको कविता संग्रह हो ।
‘कार्यक्रमको समय स्थान र अरू धेरै जानकारी दोस्रो सुचनामा सम्प्रेषण गरिनेछ।’ सचिव आचार्यले भने।
त्रिवेणी साहित्य मञ्च ह्यारिसबर्ग सन् २०१७ मा स्थापना भएको हो। भाषा, साहित्य र संगीत तीनै क्षेत्रमा मञ्चले कार्यक्षेत्र बनाउदै आएको छ।
मञ्चको अध्यक्ष केशव बैरागी ‘माहिलो’ रहेका छन्।













