भर्जिनियामा सुगम पोखरेल लाइभ : दश दिन अगाडि नै तीन सय टिकट विक्रि
भर्जिनिया,अमेरिका / गायक सुगम पोखरेलको भर्जिनियामा हुने लाइभ कन्सर्टको दश दिन अगाडि नै तीन सय भन्दा बढी टिकट विक्रि भएको आयोजकले जनाएको छ।
ई-पीक मनोरन्जन र एल्फाको सहकार्यमा मीम नेपालको प्रस्तुती रहेको ‘सुगम पोखरेल लाइभ कन्सर्ट’ जुन ३० तारिक शुक्रवार हुँदै छ।
कन्सर्टमा महानायक राजेश हमाल, असिफ साह र विल्सन बिक्रम राईको समेत प्रस्तुती रहने छ। डीजेमा सोलक्रिस रहने छन्।
‘समुदायबाट हामीले राम्रो प्रतिक्रिया पाएका छौ’, ई-पीकका सिइयो अभिजित राईले समाज टाइम्स सँग भने, ‘आज सम्ममा तीन सय भन्दा बढी टिकट अनलाइनमा बिक्रि भएको छ।’ राईका अनुसार हलको क्षमता एक हजार जना सम्मको मात्र छ।
सिइयो राईका अनुसार कार्यक्रममा दुई प्रकारका टिकट राखिएको छ। साधरण तर्फ ४० र प्रिमियममा ७० डलर टिकट मूल्य तोकिएको छ। १२ वर्ष मुनीकालाई भने निशुल्क व्यवस्था गरिएको छ।
कार्यक्रम स्थल भित्र नै खाना र ड्रिक्सको व्यवस्था पनि गरिएको छ। तर त्यसका लागि दर्शकले आफै खरिद गर्नु पर्ने जनाइएको छ।
भर्जिनयाको मानससमा रहेको दि सेलिसबरी सेन्टरमा (8890 MATHIS AVE, MANASSAS, VA 20110) कार्यक्रम हुने छ।
अग्रिम टिकट खरिद गर्दा दश प्रतिशित छुटको समेत व्यवस्था गरिएको छ।
शुक्रवार साँझ ६ बजे देखि कार्यक्रम स्थलको ढोका खुल्ने छ। ‘शुरुको तीन घण्टा सांगितिक कार्यक्रम हुन्छ त्यस पछि दुई घण्टा डिजे नाइट हुने छ।’ कार्यक्रमबारे ई-पीकका सिइयो राईले भने ।
कार्यक्रमको अनलाइन टिकटका लागि यहाँ क्लिक गरेर खरिद गर्नु सक्नु हुने छ।














