रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने
पाैडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पनि यसकाे पुष्टि गरे ।
पाैडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए । तर सहमति जुटन् नसकेपछि पाैडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए नै मतदानमा नै सहभागी नहुने घाेषणा गरे ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
पौडेल रुष्ट भएपछि देउवा उनकाे निवास पुगेका थिए । देउवालाई आफूलाई सहयाेग गर्न वा अरुहरुकाे पक्षमा नखुल्न आग्रह गरेका थिए ।देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए ।















