‘नेपाली जनसम्पर्क समिति अमेरिका पुनर्गठन भएको दावी ‘

Getting your Trinity Audio player ready...
|
अमेरिका । असन्तुष्ठ एक पक्षले नेपाली कांग्रेसको विदेश स्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिका पुर्गठन गरिएको दावी गरेको छ । काठमाडौंमा कांग्रेसको १४ महाधिवेशन चलिरदा सोही कुम्भ मेलामा सहभागि हुने प्रतिनिध छनौटमा असन्तुष्ट समुहले संस्थाको पुर्गठन भएको दावी गरेको हो ।
पुनर्गठित समितिको अध्यक्षमा सुभाष घिमिरे रहेका छन् । क्रान्ति अर्याल भण्डारी महासचिव रहेको कार्यसमितिमा १३ सदस्यीय रहेको छ । जनसम्पर्क समिति अमेरिकाको सस्थापन र सस्थापन इतर पक्षको विवाद चुलिदा गत वर्ष नै संस्था पुर्गठित गरिएको दावी गरिएको थियो । सन् २०१४ मा सम्पन्न अधिवेशनबाट निर्वाचित आनन्द बिष्टलाई हटाइ उनकै समितिका बरिष्ठ उपाध्यक्ष धनन्जयनरसिंह केसीलाई एउटा समुहले अध्यक्ष चुनेको थियो । सो समितिलाई जनसम्पर्क समितिका पूर्व संयोजक बिष्णु सुवेदी समुहले समर्थन गरेको थियो ।
तर पछि सुवेदी सहित केसी पनि मुल संस्थामा फर्किएका थिए । आनन्द विष्ट र बिष्णु सुवेदी समुहले १४ महाधिवेशनका लागि भागवण्डा प्रतिनिधि छानेर काठमाडौं गएका हुन् । त्यस पछि केसी सभापति हुदा महासचिव रहेका सुभाष घिमिरेले आफ्नो अध्यक्षमा संस्था पूनर्गठन भएको दावी गरेका हुन् ।
घिमिरे समुहद्वारा जारी विज्ञप्ति
नेपाली जनसम्पर्क समिति अमेरिकामा आबद्ध अग्रज तथा साथीहरू,
जय नेपाल !
हामी नेपाली जनसम्पर्क समिति अमेरिकाको इतिहासको सर्वाधिक गंभीर मोडमा आइपुगेका छौं । विगत सात वर्ष अघिदेखि सम्पन्न हुन नसकेको नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशनको व्यग्रतापूर्ण प्रतीक्षामा रहेका आम सदस्यहरूको भावनामाथि कुठाराघात गर्दै एकदिन अघि मात्र सार्वजनिक सूचना जारी गरी अधिवेशनमा सहभागी हुन पाउने, उम्मेदवारी दिन पाउने र मतदान गर्न पाउने सदस्यहरूको अधिकार समेत हनन गर्दै यही डिसेम्बर ५, २०२१ का दिन सम्पन्न भएको भनिएको नेपाली जनसम्पर्क समिति अमेरिकाको तथाकथित अधिवेशन र नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन गर्न अपनाइएको मनोमानीपूर्ण प्रक्रियाप्रति हाम्रो गंभीर आपत्ती छ ।
नेपाली कांग्रेस जस्तो मुलुकको लोकतन्त्रको धरोहर, ऐतिहासिक पार्टीको महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दा लोकतन्त्रका न्यूनतम आधारभूत मूल्य र मान्यताहरूको समेत धज्जी उॅंडाउदै अपनाइएको तानाशाही शैलीको हामी जोडदार भर्त्सना गर्दछौं । महाधिवेशन प्रतिनिधिको पदलाई ठेक्कापट्टाको शैलीमा बेचबिखन गरिएको घटनाबाट अमेरिकाबासी आम कांग्रेसीजन क्षुब्ध भएका छन् ।
स्मरणीय छ जुलाई १२, २०२० मा संपन्न बृहत भर्चुअल भेलाले पहिले नै अवैधानिक भइसकेको कार्यसमितिको स्थानमा नेपाली जनसम्पर्क समिति अमेरिकाको नयाँ कार्यसमिति गठन गरेको थियो । केही समय यता विकसित भएको घटनाक्रमको परिप्रेक्ष्यमा अमेरिकाबासी नेपाली कांग्रेसप्रति आस्थावान आम नेपालीजनको भावना र चाहनाको उच्च सम्मान गर्दै धराशायी हुन पुगेको नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठन पुनर्निमाण गर्दै यसमा प्राण भर्ने उद्धेश्यले सुभाष घिमिरेको सभापतित्वमा नेपाली जनसम्पर्क समिति अमेरिका पुनर्गठन गरिएको छ ।
अमेरिकी भूमिको कानून बमोजीम राजनैतिक गतिविधि गर्न पाउने अधिकार सहित 501(c)(4) अन्तर्गत विधिवत गठन प्रक्रिया अघि बढाइएको यस संगठनको केन्द्रीय कार्यसमिति देहाय बमोजीम रहेको छ । वैचारिक एवं भावनात्मक ऐक्यवद्धताको आधारमा यो अभियानमा जोडिन इच्छुक सबैलाई समेट्दै जाने क्रम निरन्तर जारी रहनेछ ।
कार्यसमिति
—————
सभापतिः सुभाष घिमिरे
उप-सभापति-शिव ढकाल
उप-सभापति- इन्द्र सिटौला
महामन्त्री-क्रान्ति अर्याल भण्डारी
सह-महामन्त्री-विष्णु बराल
कोषाध्यक्ष-विनी पाण्डे
सदस्य-दीप चटौत
सदस्य-डा सन्तोष घिमिरे
सदस्य-ज्योति बराल
सदस्य-कुसुम दाहाल
सदस्य-नवराज आचार्य
सदस्य-गोपीकृष्ण भट्टराई
सदस्य-प्रमोद गौतम
सल्लाहकारहरू
——————
आशा वत्स दाहाल
सोमनाथ घिमिरे
गीता कॅंडेल दवाडी
सुभाष घिमिरे क्रान्ति अर्याल भण्डारी
सभापति महामन्त्री