भिषा काण्डमा परे एनआरएनएका सिइयो, छानविनका लागि महासचिवलाई निर्देशन

पेन्सिलभेनिया,अमेरिका / विवादास्पद रुपमा गत अगष्टमा नियुक्ति पाएका गैरआवासिय नेपाली संघ (एनआरएनए) का कार्यकारी निर्देशक (सिइयो) रविकिरण अधिकारी नयाँ हर्कतमा अगाडि देखिएका छन्।
उनले एकै दिन पुन चेतावानी पाउनुका साथै छानविनमा परेका छन्। सिइयो अधिकारी महासचिव गौरी जोशी निकट हुन। जोशीकै बल बिचाइमा नियम विपरित उनले नियुक्ति पाएका थिए। प्रक्रिया मिचेर कार्यविधि भन्दा धेरै तलव दिने गरि नियुक्त गरिएको भन्दै कार्यसमितिबाटै व्यापक आलोचना भए पछि जोशीले भुल स्वीकार्दै माफि समेत मागेका थिए।
जोशीकै आडमा जागिर जोगाएका सिइयो अधिकारीले झन अराजक बन्दै गए पछि अहिले एकै पटक चेतावनी र छानविनको दायरमा परेका हुन्।
एनआरएनए पदाधिकारीको आइतवारको बैठकले सिइयोको हर्कत माथि छानविनको निर्देशन दिएको हो। यस्तै बैठकले उनलाई सामाजिक सञ्जालमा मार्फत राजनीतिक टिप्पणी नगर्न चेनावनी दिएको छ।
के हो भिषा काण्ड
आन्तरिक विवादका कारण एनआरएनए अमेरिकाज क्षेत्रको क्यानडामा हुने भनिएको सम्मेलन अन्यौलमा छ। एनआरएनए अमेरिकाको विवादका कारण क्षेत्रय सम्मेलन अन्यौलमा परेको हो।
तर मिति नै तय नभएको सम्मेलनमा सहभागि हुने भन्दै सिइयो अधिकारीले क्यानडा दुतावासमा पत्राचार गर्ने लागे पछि उनको नियतमा शंका गर्दै छानविन हुने भएको हो।
आइतवारको पदाधिकारी बैठक पछि कार्यकारी अध्यक्ष डा. बद्री केसीले महासचिवलाई घटनाको छानविन गर्न निर्देशन दिएका हुन्।
बैठक पछि एनआरएनए आइसीसीका सचिव प्रमोद सिटौलाले छानविन प्रक्रिया अगाडि बढेको पुष्टी गरे।


‘जवरजस्ती क्यानडा आउन लागेको देखियो,अमेरिकाको क्षेत्रिय संम्मेलन कहिले हुने भन्ने टुङ्गो नै लागेको छैन, फर्जि मिति राखेर भिषाका लागि रवि किरणले आवेदन दिनु भएछ, बैठकमा मैले कुरा उठाए।’ समाज टाइम्स सँग सिटौलाले भने। ‘महासचिवले चेतावनी पनि दिने र के भएको थप छानविन गर्न अध्यक्षले आदेश दिनु भएको छ।’
मिति नै तय नभएको कार्यक्रममा नक्कलि मिति राखेर हस्ताक्षर गर्न अमेरिकाज क्षेत्रका संयोजक प्रकास सापकोटाले हस्ताक्षर गर्न अस्वीकार गरे पछि घटना बाहिर आएको सिटौलाले बताए।
‘हाम्रोमा के छ भने अरुलाई निम्ता दिइन्छ अफिसियल कर्मचारी क्षेत्रय सम्मेलनमा आउन चाहेमा सम्वन्धित क्षेत्रका पदाधिकारी सँग स्वीकृत लिनु पर्छ।’ सिटौलाले भने, ‘उहाँको नियतमा नै खोट देखियो, कार्यसमितिले मिति नै तय गरेको छैन, कार्यक्रम हुने नहुने भन्ने नै टुङ्गो छैन तर भिषाको लागि पत्र तयार गर्नुको कारण के भन्ने भयो।’
अब महासचिवलाई पनि चुनौति थपिएको सिटौलाले बताए। ‘सही कुरा बाहिर आएन भने महासचिवजीलाई पनि अप्ठेरो हुन्छ, हामीले भनिदिएका छौ।’
सामाजिक सञ्जालमा नलेख्न चेतावनी
एनआरएनए सिइओलाई सामाजिक संजालमा राजनीतिक टिप्पणी नगर्न चेतावनी दिइएको हो। आइतवार बसेको पदाधिकारी बैठकमा बोल्ने बक्ताहरुले कार्यकारी सिइओ अधिकारीले सामाजिक संजाल मार्फत राजनीतिक टिप्पणी गर्नु संघको विद्यान विपरित भएको भन्दै कार्यवाहीको माग गरे पछि बैठकले उनलाई सचेत गराउने निर्णय गरेको हो ।
संघका अध्यक्षहरु डा. बद्री केसी, कुल आचार्य, रविना थापा उपस्थित बैठकमा बोल्ने पदाधिकारीहरुले अधिकारीको पछिल्लो गतिविधि कारण संघको शाख गिरेको टिप्पणी गरिएको थियो । उनले कार्यालय समयमा दैनिक १७ वटा सम्म राजनीतिक टिकाटिप्पणी गर्दै आएको आरोप लागेको छ ।
गत अगष्ट महिनामा महिनामा नियूक्ति पाएका अधिकारीलाई संघले यसअघि बिभिन्नि मितिमा कार्यवाही तथा चेतावानी दिएको छ । यसैबीच उनको तलब भत्ता समेत कटौति गरिएको थियो ।