अमेरिकामा कति कमायो ‘छक्का पञ्जा-४’ ले?
‘विरतक भन्छन रेकर्ड राख्यो, करिव दश हजारले हेरे, दुई करोड माथिको व्यापार’
पेन्सिलभेनिया, अमेरिका / नेपालमा आक्रमक व्यापार गरेको नेपाली कथानक चलचित्र छक्का पञ्जा-४ ले अमेरिकामा पनि कीर्तिमानी कमाई गरेको छ।
छक्का पञ्जा ४ को अमेरिका र क्यानडामा अधिकृत वितरकको अधिकार एभरेस्ट इन्टरटेनमेन्टले पाएको थियो। मार्च पाँच तारिक देखि अमेरिका र क्यानडामा चलचित्र प्रदर्शन शुरु भएको थियो।
एभरेस्ट इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक रमेश भट्टले सभा करोड रुपैयाँ भन्दा बढी आफुहरुले कमाई गरेको बताए। यो अहिले सम्म अमेरिकामा नेपाली चलचित्रकै उच्च कामाई भएको भट्टको भनाई छ। समग्रमा चलचित्रले दुई करोड रुपैया भन्दा बढीको व्यापार गरेको छ।
‘धेरै कमायो भन्दा अब आउने चलचित्रले भाउ बढाउलान कि भन्ने डर’ हास्दै समाज टाइम्स सँग भट्टले भने।
‘अन्तिम रिपोर्ट आएको छैन कति ठाँउमा हामीले पनि अरुलाई बेचेका छौ, हामी आफैले देखाएर अहिले सम्म ९५ हजार अमेरिकी डलर कमाइ भयो ।’ उनले भने, ‘हामी सँग किनेर देखाएकाले कति कमए त्यो उनीहरुले भन्दैनन, अनऔपचारिक रुपमा उनीहरुले पनि राम्रै कमाएका छन्।’
‘चालिस लाख नेपाली रुपैयामा हामीले छक्का पञ्जा ४ किनेका हौ । ९५ हजार अमेरिकी डलर आम्दानी हो, हलको खर्च कटाएर, त्यसमा केही व्यक्तिगत खर्च कटाउन बाँकी छ।’ भट्टले भने, ‘यस पटक हामी राम्रै नाफामा छौ।’
उनले सदैव यस्तो नहुने पनि बताए। ‘सदैव यस्तो हुदैन। सबै सिनेमाले यस्तो व्यापार गर्दैन, हामीले यस अगाडि एउटै चलचित्रमा १८ लाख नेपाली रुपैया सम्म घाटा पनि खाएका छौ।’
अमेरिकामा यस अगाडि धेरै कमाउने नेपाली चलचित्रमा कवड्डी कवड्डी रहेको भट्टको भनाइ छ।
भट्टले अब राम्रो नेपाली सिनेमा बन्यो भने अमेरिकामा पनि बजार छ है भन्ने नजिर स्थापित भएको बताए। ‘यस्तो पनि हुने रहेछ भन्ने चै भएको छ।’
अमेरिकामा २४ राज्यको ५४ शहर चलचित्र प्रदर्शन भएको छ। केही शहरमा अझै थपिने क्रम छ। क्यानडामा पाँच प्रान्तमा देखाइएको थियो।
अमेरिका र क्यानडामा गरि दुई सय सो देखाइ थियो। यो नेपाली चलचित्रका लागि अर्को कीर्तिमानी विषय हो। ‘सबै भन्दा राम्रो क्यालिफोर्निया, टेक्सास, कोलोराडो, न्यूयोर्क मेरील्याण्ड र भर्जिनियामा राम्रो व्यापार भएको छ।’ उनले भने।
नेपालीभाषीको बाक्लो बसोबास रहेको ह्यारिसबर्गमा भने सोचे जस्तो चलचित्र नचलेको उनले बताए।
भट्टका अनुसार अमेरिका क्यानडामा गरि अहिले सम्म दश हजारको हाराहारीले छक्का पञ्जा ४ हेरेका छन्।
हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहेको छ।
यस्तै करिब १४ वर्ष पछि पर्दामा फर्किएका सुशिल देवकोटाको अभिनय पनि बेजोड रहेको छ। राजनीतिक दलको नेताको रुपमा अभिनय गरेका देवकोटाले आफ्नो जिम्मेवारीलाई न्याय गरेका छन्।
चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन्।
राजनीतिक र सामाजिक विषयलाई मुख्य विषयवस्तुका रूपमा देखाइएको चलचित्रको अघिल्लो शृङ्खलाले पनि राजनीति, वैदेशिक रोजगारी, शिक्षा र प्रेमकथा जस्ता समान विषयहरूलाई समेटेको थियो।
सन् २०१६ मा पहिलो पटक चलचित्र छक्का पञ्जा प्रदर्शनीमा आएको हो। सोही बेला चलचित्र सफल भएको थियो। त्यस पछि दीपक र दिपाश्रीको जोडिले बनाएको चलचित्र ‘हिट’ हुदै आएको छ। बक्स अफिसमा यो दीपक र दिपाको चलचित्रले राम्रो कमाई गरेको थियो।












