पाटनको स्ववियू सभापतिमा नेविसंघ विद्रोही उम्मेदवार विजयी

काठमाडौ । ललितपुरस्थित पाटन क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू) सभापतिमा नेपाल विद्यार्थी संघको विद्रोही उम्मेदवार सुशील विष्ट बिजयी भएका छन् । कुल दुई हजार ६ सय ७९ मत खसेको मध्ये उनले ८ सय ४१ मत ल्याएका थिए ।
निर्वाचनमा नेवि सिंघले आधिकारिक उम्मेदारका रुपमा युवराज लामालाई उठाएको थियो । तर, उनले मात्रै तीन सय ४६ मत ल्याएका छन् । उनको निटतम प्रतिष्पर्दी अनेरास्ववियूका उम्मेदवार सरेश जोशीले ६ सय ७२ मत ल्याएका छन् । नेवि संघले जबरजस्ति लामालाई टिकट दिएपछि विष्ट बिद्रोही उम्मेदवारका रुपमा निर्वाचनमा उठेका थिए ।
त्यस्तै, अखिल क्रान्तिकारीका उम्मेदवार विरेन्द्र मगरले ६ सय ३७ मत पाएका थिए । सभापति पदमा ६ उम्मेदवार प्रतिष्पर्दामा थिए । सभापतिको अन्य उम्मेदवार सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत पाएका थिए । मत गणना इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको थियो । निर्वाचन शनिवार भएको थियो ।