प्राप्त उपलब्धि समाप्त पार्ने खेल भइरहेको अध्यक्ष नेपालको दाबि
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशमा प्राप्त उपलब्धि समाप्त पार्ने खेल भइरहेको दाबि गरेका छन् ।
महेन्द्र नारायण निधिको १०१ औं जन्म जयन्तिको अवसरमा आयोजित समसामयिक नेपाली राजनीति र निधिको विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले देशमा आएको परिवर्तनलाई उल्टाउने र समाप्त पार्ने प्रयासहरू भइरहेको दाबि गरेका हुन् ।
लोकतन्त्र, गणतन्त्र र संघीयताको रक्षा गर्ने विषयमा संवेदनशिल भएर लाग्न आग्रह गरेका उनले देश परिवर्तनमा दिइएको बलिदान खेर जान दिन नहुने बताए।
उनले सुशासन, विकास र जनताको समृद्घिको चाहना पूरा गर्न राजनीतिक दल, नागरिक समाज र आम जनता सबै एकताबद्घ भएर अगाडि बढ्नु पर्ने बताएका छन्।
समाज आएको चुनौति र परिवर्तनको सामना गर्दै देशलाई सुसंस्कृत गर्नु आवश्यक भएको उनको भनाई छ ।
‘सुशासनको मान्यता, विकासको आवश्यकता, जनताको समृद्घिको चाहाना पूरा गर्न हामी सबै जुट्ने कसरी भत्रे कुरामा हाम्रो ध्यान जानु आवश्यक हुन्छ ।’ नेता नपालले भने,’राजनीतिक दल र नागरिक समाज आम जनता सबै एकताबद्घ भएर जानु पर्छ । आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्ने काम पनि हामीले नै गर्नुपर्छ । मुलुकको चाहनालाई पूरा गर्न लाग्नुपर्छ ।’
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपतिका उममेदवार रामचन्द्र पौडेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।