राष्ट्रपतिद्वारा महाशिवरात्रीमा पशुपतिनाथको दर्शन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।
महाशिवरात्रीको अवसरमा सनिबार साँझ राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेकी हुन् ।
साँझ ४ बजेतिर पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का पदाधिकारीले स्वागत गरेका थिए ।
पशुपति दर्शन विधिअनुसार मूलमन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले पूजा आराधना एवं दर्शन गर्नुका साथै पशुपतिनाथको फूल प्रसाद ग्रहण गरेकी छिन् ।