उपसभामुखले लिइन् शपथ, त्यागिन् राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
सोमबार उपसभामुख राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिसभाका सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको सपथ लिएकी हुन् ।
रानाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९ को अनुसूची २ बमोजिम उपसभामुख पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।
उपसभामुखमा निर्वाचित भएपछि सोमबार बिहान एक विज्ञप्ती निकाल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको पनि घोषणा गरेकी थिइन् ।