छिट्टै भारत भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटै भारत भ्रमण गर्ने बताएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए ।
यसअघि पनि प्रचण्डले भारतमै पहिलो भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए । शनिवार प्रचण्डले विभिन्न अनलाइन मिडियाका सम्पादकहरु अन्तरक्रिया गरेका छन् । सो अवसरमा सरकारका प्राथकिमताहरु, विभिन्न राजनीतिक दलहरु बीचको सम्बन्धका बारेमा छलफल गरेका छन् ।










