चितवन राष्ट्रिय निकुञ्जमा ६ महिनामै मरे ७ गैंडा
भरतपु । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनाको अवधिमा सातवटा गैंडाको मृत्यु भएको छ ।
आइतवार बिहान मात्रै पनि निकुञ्जको गस्तो टोलीले पश्चिम क्षेत्रमा एउटा पोथी गैंडा मृत भेटेको थियो । चितवन निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले पनि ६ महिनामै ७ वटा गैंडा मरेको बताएका छन् ।
गैंडा दुर्लभ वन्यजन्तु मानिन्छ । यसकाे नाकमाथि हुने सिङजस्ताे वस्तु खागका लागि चाेरी सिकारीले गैंडा मार्ने गर्छन् । तर पछिल्ला वर्षहरूमा खागका लागि तस्करहरूले गर्ने चाेरी सिकारी नियन्त्रणमा आए पनि कालगति, जुधेर र अन्य दुर्घटनामा परेर गैंडा मर्ने क्रम बढेकाे बताइन्छ ।











