२० वर्ष पछि जेलबाट रिहा भइन् शीत युद्दकी सबैभन्दा उत्कृष्ट जासुस, गरेकी थिइन् अमेरिकाकै जासुसी
|
Getting your Trinity Audio player ready...
|
न्यू योर्क । अमेरिकाले डबल एजेन्टको रुपमा क्युबा र अमेरिकाका लागि काम गरेकी क्युबेली जासुस एना मोटेन्सलाई दुई दशकको जेल सजाय पछि रिहा गरेको छ ।
शीत युद्दकालिन समयकी सबैभन्दा उत्कृष्ट जासुसकी रुपमा चिनिएकी एनाले करिब दुई दशकसम्म क्युवाका लागि जासुसी गरेकी छिन् । उनले अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सीमा विश्लेषकको रूपमा काम गरिन् ।
उक्त समयमा उनले चार अमेरिकी जासुसको पहिचान खुलाएको र गोप्य जानकारी दिएको आरोप लगाइएको थियो । क्युबाको लागि काम गर्दा उनले अमेरिकाले त्यहाँ कसरी आफ्नो कारबाही र काम अघि बढाइरहेको छ भन्ने सम्पूर्ण जानकारी जासुसी गरेकी थिइन् ।
सन् २००१ मा उनको गिरफ्तारी पछि, अधिकारीहरूले एनाले अमेरिकाको सम्पूर्ण खुफिया कार्यहरू लगभग पूर्ण रूपमा खुलासा गरिसकेकी थिइन् भन्ने जानकारी दिएको थियो ।
एक अधिकारीले भने, ‘उनी सबैभन्दा बढी क्षती पुर्याउने जासुसमध्ये एक थिइन् ।’
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा काउन्टर इन्टेलिजेन्सका प्रमुख मिशेल भान क्लीभले सन् २०१२ मा संसदमा एनाबारे कुरा उठाएकी थिइन् ।
उनलाई २५ वर्षको जेल सजाय सुनाइयो थियो र न्यायाधीशले उनीमाथि पूरै देशलाई खतरामा पारेको आरोप लगाएका थिए ।












