कम्बोडिया आगलागीमा ज्यान गुमाएका पाण्डेको शव अर्को हप्ता नेपाल आइपुग्ने
काठमाडौं । कम्बोडियामा अघिल्लो हप्ता एक होटलमा भएको आगलागिमा परि ज्यान गुमाएका नेपालका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ ।
उनको शव अर्को हप्ता नेपाल आइपुग्ने जानकारी प्राप्त भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।
कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका-१ का निराकर पाण्डे फसेका थिए।
त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए। त्यसपछि उक्त १२ औं तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो।














