चीनले अहिले बढिरहेको कोभिड संक्रमणबारे पुर्ण जानकारी दिनुपर्छः विश्व स्वास्थ्य संगठन
न्यू योर्क । विश्व स्वास्थ्य संगठनले चीनले अहिले बढिरहेको कोरोना संक्रमणबारे पुर्ण जानकारी दिनुपर्ने बताएको छ । चीनले गत साता मात्रै लगाएका विभिन्न प्रतिबन्धन हटाएपछि त्यहाँ संक्रमितको संख्या बढ्दै गएकोले थप अनुसन्धानको लागि डाटा सेयर गर्नुपर्ने स्वास्थ्य संगठनले बताएको हो ।
चीनले आफ्नो प्रतिबन्धन हटाउँदा संक्रमण बढेपछि विश्वका विभिन्न राष्ट्रले चीनबाट आउने पर्यटकहरु माथि निगरानी बढाएका छन् ।
स्वास्थ्य संगठनले चीनसंग त्यहाँको हस्पिटल भर्ना दर, आइसियुमा रहेका बिरामीको अवस्था र संख्याका साथै मृत्युदरबारे रियल टाइम डेटा दिनुपर्ने बताएका हुन् । यसका साथै खोप लगाइएको संख्या र यसबारे पूर्ण विवरण दिन समेत आग्रह गरिएको छ ।
प्रतिबन्ध हटाएपछि अमेरिका, स्पेन, फ्रान्स, दक्षिण कोरिया, भारत, इटाली, जापान र ताइवानले चीनबाट आउने यात्रुमाथि स्वास्थ्य निगरानी राख्न थालिसकेका छन् ।














