बैंकहरूलाई राष्ट्र बैंकको निर्देशन– चैतबाट औसत ब्याजदर अन्तर ४.२ प्रतिशत कायम गर्नू
काठमाडौं। वाणिज्य बैंकहरुले आगामी चैत महिनाबाटै औसत ब्याजदर अन्तर (स्प्रेड रेट) अधिकतम ४.२ प्रतिशत कायम गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ल्याएको नीति कार्यान्वयन गर्न बुधबार जारी गरेको निर्देशनमा उक्त व्यवस्था गरिएको हो।
यस्तै, विकास बैंक र फाइनान्सहरूले पनि चैतबाट स्प्रेड दर ४.८ प्रतिशत कायम गर्नुपर्ने निर्देशनमा उल्लेख छ।
यस्तै, ब्याजदर अन्तर २०८० असार महिनाबाट वाणिज्य बैंकहरूले ४ प्रतिशत तथा विकास बैंक र फाइनान्स कम्पनीहरूले ४.६ प्रतिशतभन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने केन्द्रीय बैंकले निर्देशन दिएको छ।















