ह्वाइट हाउसमा दीपावली
वासिङ्गटनडीसी, अमेरिका / अमेरिकी राष्ट्रपति कार्यलय ह्वाइट हाउसमा दीपावली गरिएको छ।
ह्वाइट हाउसमा आयोजित विषेश समारोहमा राष्ट्रपति जो बाइडेनले दीप प्रज्वलन गरेका थिए।
समारोहमा उपराष्ट्रपति कमला ह्यारिषको पनि उपस्थिति रहेको थियो।
हिन्दुहरुको संख्या बढ्दै गए सँगै पछिल्ला केही वर्ष यता देखि राष्ट्रपति कार्यलय ह्वाइट हाउसमा तिहारको अवसरमा दीपावली गर्ने चलन चलाइएको छ।
तिहार तथा दीपावलीकै अवसरमा कतिपय राज्यका स्कूलमा छुट्टी दिइएको छ।
‘दीपावली एउटा स्मरण हो, हामी प्रत्येकमा अन्धकार हटाउन र संसारमा उज्यालो शक्ति ल्याउने छ।’ राष्ट्रपति बाइडेनले फोटो सहित फेसबुकमा लेखेका छन्, ‘आज ह्वाइट हाउसमा यो खुशीको अवसर मनाउन पाउँदा मलाई खुशी लाग्यो।’
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत श्रीधर खत्री सहित केही नेपालीहरुको पनि उपस्थिति रहेको थियो।
फोटो राष्ट्रपति बाइडेनको फेसबुक पेजबाट