एनआरएनए अमेरिका विवाद छानविनका लागि प्रवासी मञ्चद्वारा कमिटी गठन
पेन्सिलभेनिया, अमेरिका। नेकपा एमाले निकटको प्रवासी नेपाली मञ्च अमेरिकाले गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको विवादका बारेमा आन्तरिक छानविन गर्ने भएको छ।
मञ्चले एनआरएनए विवादका बारेमा धारणा बनाउन कमिटी गठन गरेको छ।
ढिलो गरि सार्वजनिक गरिएको तर गत जुन ३० तारिकमा बसेको मञ्चको बैठकले यस्तो निर्णय गरेको हो।
मञ्चका नवनिर्वाचित अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकको निर्णयको दोस्रो बुदाँमा एनआरएनए अमेरिकाको विवादबारे उल्लेख गरिएको छ।
मञ्चका केन्द्रीय समिटी सदस्य तथा भर्जिनिया राज्य कमिटी संयोजक एव प्रचार विभाग सदस्य बिजय बगालेद्वारा प्रेसित विज्ञप्तिमा एनआरएनए अमेरिकाज क्षेत्रका डिआरसी पुरु बोहोराको संयोजकत्वमा सात सदस्यीय अध्ययन समुह गठन गरिएको जनाइएको छ।
समितिको सदस्यमा संजय थापा, डा. रूद्र अर्याल, एनआरएनए च्याप्टर अध्यक्षहरु मध्येबाट कमल ढुड्गाना, केसब लोहनी, मोहन न्यौपाने र सोफिन थापा रहेका छन् । सो समितिको प्रतिवेदनको आधारमा मञ्चले एनआरएनए प्रतिको भविश्यको योजना बनाउने उल्लेख गरिकएको छ।
एनआरएनए अमेरिकाले नर्थ क्यारोलिनामा साधरण सभा गरेको थियो। संस्थापन पक्षबाट असन्तुप्ट पक्षले टेक्सासमा छुट्टै भेला बोलाएका थिए।
मञ्चले दुबै समुहको कार्यक्रममा औपचारिक रुपमा भाग नलिने निर्णय गरेको थियो । तर जनसम्पर्क समितिका उपाध्यक्ष सीपी पौडेललाई अध्यक्ष घोषित गर्दै सम्पन्न टेक्सास भेलाको उद्दघाटन नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्र पाण्डेले गरेका थिए।
मञ्चका सचिव छबि पाण्डेले सञ्चालन गरेको बैठकले १२ बुदाँमा निर्णय गर्नुका साथै विभिन्न विभाग पनि गठन गरेको छ।
बैठकका निर्णयको पूर्ण विवरण
प्रबासी नेपाली मंच, अमेरीकाको केन्द्रीय कमिटिको दोस्रो बैठक यहि मिति जुन ३०, २०२२ सांझ ७ बजे जुम मार्फत अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षतामा तपसिल बमोजिमको उपस्थितिमा उल्लेखित निर्णय गरी सम्पन्न भयो । प्रमुख अतिथिको रूपमा बैठकमा प्रबासी नेपाली मंच अन्तराष्टि्य कमिटि सचिबालय सदस्य एवं अमेरीका माहादेश इन्चार्ज प्रभु थापा, अतिथिहरू अन्तराष्टि्य सल्लाहाकार समिति प्रमुख संजय थापा र उत्तर अमेरीका महादेस अध्यक्ष इश्वरी भट्टले नबनिर्बाचित कार्यसमितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
बैठकमा उपस्थिति:-
1. अध्यक्ष- कृष्ण लामिछाने
2. उपाध्यक्ष- गोपाल कडेल
3. उपाध्यक्ष- मैया ढुग्गाना
4. उपाध्यक्ष- गोकर्ण दाहाल
5. उपाध्यक्ष- भिम प्रकास ओली
6. सचिब- छबि पाण्डे
7. उप सचिब- कृष्ण आचार्य
8. उप सचिब- गोबिन्द खनाल
9. उप सचिब- थोमस बास्तोला
10. उप सचिब- नेत्र पाण्डे
11. सदस्य- मणी भन्डारी
12. सदस्य- भुबन अधिकारी
13. सदस्य- रामकृष्ण बजगाइ
14. सदस्य- सुरेस कुमार ताम्राकार
15. सदस्य- उपेन्द्र रावत
16. सदस्य- संकर लुगेली
17. सदस्य- मोहनी ढुम्रे
18. सदस्य-घनस्याम खनाल
19. सदस्य- शिब अधिकारी
20. सदस्य- बिजय बगाले
21. सदस्य- दिपक पाण्डे
22. सदस्य- दिपक सापकोटा
23. सदस्य- नारायण ढुड्गाना
24. सदस्य- केदार पहारी
25. सदस्य- अजय कुसवाह
26. सदस्य- प्रचण्ड शेष्ठ
27. सदस्य- प्रकास बस्नेत
28. सदस्य- डिबी राउत
29. सदस्य- दुर्गा बि. क.
30. सदस्य- भिष्म आचार्य
निर्णयहरू:
१. समिक्षा- प्रबासी नेपाली मॅच, अमेरीकाको तेस्रो अधिबेसनबाट निर्बाचित केन्द्रीय कमिटिको पहिलो बैठक जुन १८, बोस्टमा गरेका निर्णयहरूको कार्यान्वयन सम्बन्धमा समिक्षा गर्दा तत्काल प्रेस बिज्ञप्ति तयार गर्न केही जिम्मा लिएका सदस्य एवं पदाधिकारीहरूले जिम्मेबारी पुरा नगरेको पाइयो भने एक हप्ता भित्रमा सबै निर्बाचित पदाधिकारी एवं सदस्यहरुले आफ्नो बिषय बिज्ञता र इच्छित कार्य क्षेत्र लेखी पठाउनु भन्ने निर्णय गरीएकोमा सो निर्णय पालना नगरेको पाइयो । भबिस्यमा बैठकले गरेका निर्णय सबैले पुर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो !
२. ANA र NRNA Convention सम्बन्धमा छलफल गर्दा ANA को सम्मेलनमा अतिथिको रूपमा उपाध्यक्ष गोकर्ण दाहाललाइ पठाउने निर्णय गरीयो । हाल NRNA बिबादित भएकोले यसका सम्बन्धमा अध्ययन गर्न NRNA America region DRC पुरू बोहोराको संयोजकत्वमा सदस्यहरू क्रमस संजय थापा, डा. रूद्र अर्याल, NRNA Chapter अध्यक्षहरू कमल ढुड्गाना, केसब लोहनी, मोहन न्यौपाने र सोफिन थापा रहने गरी ७ सदस्य (Task Force) अध्ययन समुह निर्माण गर्ने र उक्त समुहको प्रतिबेदवका आधारमा ONF USA ले NRNA प्रतिको भबिस्यको योजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय गरीयो ।
३. अधिबेसन आय र ब्ययः ONF अमेरीकाको तेस्रो अधिबेसनमा प्रस्तुत आय र ब्ययको बिबरण सहित अधिबेसनका लागि संकलित रकम र खर्चको बिबरण बैठकमा शिर्षक अनुसार स्क्रिन सेयर गरी जानकारी गराईयो र सबै खर्च कटाएर बचत रकम नवनिर्बाचित कार्य समितिलाई हस्तान्तरण गर्ने निर्णय गरीयो । साथै आगामी ONF USA को आर्थिक हिसाब कितावको रेकर्ड राख्न केन्द्रिय सदस्य दिपक सापकोटालाई आर्थिक बिभागको सचिबको जिम्मा दिने निर्णय गरीयो ।
४. तेस्रो अधिबेसनमा प्रस्तुत प्रगती प्रतिबेदन र सांगठनिक प्रतिबेदनलाई पुर्णता दिन अधिबेसनमा प्राप्त सुझाब समेटेर पुनर्लेखन गर्न केन्द्रीय सदस्य केदार पाहाडीलाई जिम्मा दिने निर्णय गरीयो ।
५. केन्द्रीय कमिटिमा ५ जना महिला मनोनित गर्न सम्बन्धित क्षेत्रका केन्द्रमा निर्बाचित मित्रहरूसंग परामर्श गरी छनोट गर्न उपाध्यक्ष मैया ढुड्गानालाई जिम्मा दिने निर्णय गरीयो
६. तेस्रो अधिबेसनको समयमा नया आबद्द भएका साधारण सदस्यको बिस्तृत बिबरण सम्बन्धित राज्यहरूबाट केन्द्रमा निर्बाचित सदस्यहरूले संकलन गरी केन्द्रमा पठाउने ।
७. बिभिन्न राज्य कमिटिका अध्यक्ष एवं पदाधिकारीहरू तेस्रो अधिबेसनबाट केन्द्रमा निर्बाचित भएकोले सम्बन्धित राज्यहरूमा बैठक राखी सिघ्र पदपुर्ती गर्ने । अधिबेसन नभएका राजयहरू New Jersey, PA, Maryland, Verginia, N. Carolina, Vermon, Ohio, Illinois आदी राज्यहरूमा त्यस राज्यबाट केन्द्रमा निर्बाचित सदस्यहरूले तुरून्त अधिबेसनको आयोजना गर्ने ।
८. ONF USA को केन्द्रीय कमिटिको बैठक Zoom मार्फत प्रत्येक महिनाको पहिलो आइतबार ठिक ८ बजे बिहान बस्ने, पदाधिकारीको बैठक आवस्यकता अनुसार बस्ने र छ महिनामा केन्द्रीय कमिटीको फिजीकल बैठक बस्ने र प्रत्येक वर्ष साधारण सभा निर्णय गरीयो । बिधान अनुसार लगातार ३ बैठकमा उपस्थित नहुने केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको पद स्वतह खारेज गर्ने कुरालाई कडाईको साथ लागु गर्ने र केन्द्रीय कमिटिका साथीहरू अमेरीका बाहिर जानु पर्ने भएमा अध्यक्षलाई अग्रीम जानकारी गराई जानु पर्ने निर्णय गरीयो ।
९. निकट भबिस्यमा (Nov. 12-13) हुन गईरहेको अन्तराष्टिय कमिटिको अधिबेसनको नेपालमा जानु पर्ने भएकोले आजैबाट ब्यबस्था मिलाउन सबैलाई अनुरोध गर्ने निर्णय गरियो ।
१०. सम्बन्धित राज्यबाट केन्द्रमा निर्बाचित पदाधिकारी एवं सदस्यहरूको पहलमा सबै राज्य कमिटिहरूले समर कार्यक्रमको आयोजना गर्ने ।
११. सल्लाहाकार, बुद्दिजिबी एवं बिषय बिशेसज्ञ समुह निर्माण गरी ONF USA लाई एउटा मोडल संस्थाकोरूपमा स्थापित गर्न निम्नानुसारको जिम्मेवारी प्रदान गर्नेः- सल्लाहार समितिः संयोजक डा. रूद्र अर्याल, सदस्यहररू जनक राना, राजेन्द्र सिबाकोटी, पुरू बोहोरा, प्रिति सागर खत्री, एक नारन सुबेदी, धन प्रसाद दबाडी, शिब राई, छत्र कुमारी गुरूडग, भिम पन्त, सिके पराजुली, जित गुरूड्ग, यमूना भट्टराई, कृष्ण भण्डारी, रेशम घर्ती, स्याम श्रेष्ठ, थिर खाती, नुरराज बस्याल । बुद्दिजिबी कमिटीः संयोजक डा. कृष्ण ढकाल, सदस्यहरू कुलमणी आचार्य, गणेस बानिया, सोम गुरूड्ग र Export Team/बिषय बिशेषज्ञ समुहः संयोजक डा. सतिस देबकोटा, सदस्यहरू डा. दिनेस पौडेल रहनु हुनेछ भने आवस्यका अनुसार थप गर्न सकिने छ ।
१२. ONF को बिधानमा ब्यबस्था गरे वाहेक अतिरिक्त निम्न पदाधिकारीहरू तथा स दस्यहरुलाई तल उल्लेखित जिम्मेवारी सहित Hotline Service को ब्यबस्था गर्ने निर्णय गरीयो ।
????अध्यक्ष-कृष्ण लामीछानेः
समग्र नेतृत्व गर्ने, बिभिन्न मिडिया एवं संघ संस्थासंग समन्वय गर्ने, प्रचार प्रसारमा सहयोग गर्न सचिब- भुबन अधिकारी र सदस्यहरू बिजय बगाले र प्रचण्ड श्रेष्ठ रहने ।
????उपाध्यक्ष- गोपाल कडेल संयोजकः अनुगमन एवं कानुनी परामर्स बिभाग प्रमुख ।
????उपाध्यक्ष- मैया ढुड्गानाः- महिला बिभाग प्रमुख ।
????उपाध्यक्ष-गोकर्ण दाहालः उद्धगो ब्यबसाय बिभाग प्रमुख ।
????उपाध्यक्ष- भिम ओलीः मानबिय स्रोत पहिचान तथा परिचालन बिभाग
???? सचिब-छबि पाण्डेः संगठन बिभाग प्रमुख, र ४ उपसचिब सदस्य रहने छ साथै हाललाई IT प्रमुख सचिब छबि पाण्डे र सचिव रामकृष्ण बजगांई रहने ।
????उपसचिबः कृष्ण आचार्यः युवा परिचालन बिभाग प्रमुख।
????उपसचिबः नेत्र पाण्डे सास्कृतिक बिभाग प्रमुख, सदस्यः लिला रावत ।
????उपसचिब-थोमस बास्तोलाः शिक्षा/ सिप एनं बिधार्थी परिचालन बिभाग प्रमुख ।
????उपसचिब-गोबिन्द खनालः आर्थिक बिभाग प्रमुख, बिभाग सचिबः दिपक सापकोटा ।
????डिबी राउत-संयोजकः खेलकुद बिभाग प्रमुख रहने निर्णय गरीयो । सबै बिभागिय प्रमुखहरूले बार्षिक कार्यक्रम निर्माण गरी २ हप्ता भित्रमा केन्द्रीय सचिब/अध्यक्षलाई पेस गर्ने र सबै बिभागका योजना प्राप्त भए पस्चात अन्तीम समस्टीगत बार्षिक योजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।












