६ बुँदे सम्झौता कार्यन्वयनमा आयो : कृष्णजीवी पन्थ,बरिष्ठ उपाध्यक्ष, एनआरएनए अमेरिका
नर्थ क्यारोलिना, अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले संस्थापन इतर समुहसँग गरिएको ६ बुँदे सहमति कार्यन्वयनमा आएको दावी गरेका छन्।
एनआरएनए अमेरिकाको साधरण सभाको उद्घाटन समारोहमा धन्यवाद मन्तव्य राख्दै पन्थले अब गैर संस्थागत गतिविधिका कोही पनि लाग्न नहुने बताए ।
संस्थापन इतर समुहले साधारण सभा बहिस्कार गर्दै टेक्सासमा छुट्टै भेला राखेको थियो। पन्थले त्यसलाई खराव नियतले आयोजना गरिएको दावी गरे। “गैरसंस्थागत काम गर्न ठिक हुदैन, उहाँहरुको नियत ठिक देखिएन”।
पन्थले टेक्सास भेलालाई सामान्य रुपमा लिन नहुने बताए। ६ बुँदे सम्झौता कार्यन्वयनमा कार्यसमिति इमान्दार भएर लागेको पनि पन्तले दावी गरे ।














