नाओले अमेरिकामा पनि सेवा शुरु गर्ने, “नेपाली उत्पादन अनलाइन मार्फत घरमै”
नेपाली उत्पादन संसारै भरि, अर्डर गरे भैहाल्यो नि को मूल नारा लिएर, ग्लोबल अर्डर नाओ ले अमेरिकामा सेवा सुरु गर्दै।
ल्यानक्यास्टर । नेपाली उत्पादनको विश्व भर पदोन्नतिको उद्येश्य लिएको ग्लोबल अर्डर नाओले आगामी जुलाई १० बाट अमेरिकामा पनि सेवा शुरु गर्ने भएको छ।
कोभिड महामारीको बीचमा सन् २०२० नेपाल बाट सुरू भएको यो ई-कमर्स कम्पनीले अमेरिकाको सबै राज्यमा नेपाली माझ सहज रूपमा नेपाली उत्पादन एकै ठाऊॅंमा उपलब्ध गराउने लक्ष्य लिएको संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
“उपभोक्ताको समय र पैसा दुबै वचत हुने गरी www.globalordernow.com वेब्साइट बाट र मोबाइल ऐप मार्फ़त उपभोक्ताहरूले सहज रूपमा अर्डर गर्न सकिने छ।” कम्पनीका संस्थापक मनोज पन्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
“ग्लोबल अर्डर नाओ मार्फ़त विश्वका कुनै पनि ठाऊॅंबाट नेपाली उत्पादन नेपालबाट उत्पादक सँग पनि सिधै उपभोक्ताले किन्न सकिन्छ। साथै अमेरिका लगायत अन्य देशमा भएका नेपाली पसल तथा ब्यवसायको नेपाली समाग्रीलाई एकै ठाऊॅंमा किन्न सकिने छ ।” पन्थीले भनेका छन्।
नेपालबाट पनि सिधै खुद्रा तथा होल्सेल अर्डर गर्न मिल्ने र नेपाली साना तथा मझौला, घरेलु, लगायत महिला ब्यापारीहरूलाई समेटेको संस्थाको भनाई छ।
नेपाल भरी सेवा दिदै आएको नेपाल स्थित अर्डर नाओ (www.ordernow.com.np) सँगको सहकार्यमा नेपाली उत्पादकको समाग़्री ग्लोबल अर्डर नाओ मार्फ़त विश्व भरी सहजीकरण गर्ने बताइएको छ।
“यस कदमले नेपालमा बढ्दै गईरहेको ब्यापार घाटा समेतलाई कम गर्न टेवा पुग्ने छ।” विज्ञप्तिमा दावी गरिएको छ।
विज्ञप्तिमा जनाइए अनुसार अमेरिकाको उपभोक्तालाई निम्नानुसारको फाइदा हुने छ।
१, हजारौ दैनिक उपभोग्य तथा चाडपर्वको सामाग्री एकै ठाउँमा (खुद्रा तथा होल्सेल),
२, समय र पैसाको बचत,
३, फ्री डेलिवरीको ब्यवस्था,
४, गुण्स्तरिय सामाग्री तथा सुरक्षित कारोबार।
नेपाली उत्पादन बिक्री गर्ने पसल तथा स-साना ब्यपारीलाई हुने फाईदा:
१, निशुल्क अन्लाईन ब्यापार बढाउने अवसर,
२, लाखौं उपभक्तामाझ जाने अवसर,
३, सहज् तथा छिटो भुक्तानी,
४, आँफै अन्लाईन खाता चलाऊने तालिम सहित् जती पनि सामाग्री राख्न पाउने।
“उपलब्ध सामाग्रीमा, खाध्धान्न, लत्ता कपडा, चाडपर्वको सामाग्री, सांस्कृतिक पोशाक, पूजा सामाग्री, घर सजावट, किताब, तितौरा, सुकुटी, चाउ चाउ लगायत हजारौंको संख्यामा नेपालको दुर दराजमा अवस्थित अर्गानिक उत्पादन पाईन्छ। संसारै भरी सबै नेपालीले नेपाली उत्पादनलाई दैनिकीमा उपभोग गर्न सके, नेपालमा भएका ब्यवसयी तथा समग्र देशलाई नै यस्ले निकै टेवा पुग्ने देखिन्छ।”विज्ञप्तिमा भनिएको छ।