अमेरिकामा लागूऔषध तस्करहरुको काइदा : सिरियलको बट्टा देखि प्याज सम्मको प्रयोग
अमेरिका । तस्करहरूले आफ्नो लागूऔषध ढुवानीमा कुन हदसम्म जानसक्छन भन्ने हालै अमेररिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) बाहिर ल्याएको छ ।
सीबीपीका अधिकारीहरूले खानेकुरा, कारका पार्टपुर्जा, धार्मिक चित्र, समाधिस्थलका प्रयोग हुने समाग्रीमा लुकाइएको लागूपदार्थ फेला पार्ने गरेको बताएको छ ।
सीबीपीका अधिकारी सँग आजभोली यस्ता सूची लामो हुने गरेको छ । हालै मात्र लुइसभिलमा सीबीपी अफिसरहरूले लक्की चार्म्स सिरियलको बट्टामा लुकाएर राखिएको चार पाउण्ड गाँजा बरामद गरेका छन् ।
नार्कोटिक डिटेक्टर कुकुर “क्यारी” ले बेलायतको एक नीजी निवासको ठेगनामा पठाउन लागिएको गाँजा बरामद गर्न सहयोग गरेको सीबीपीले जनाएको छ । क्यारीले संकेत गरे पछि अधिकारीले बट्टा खोलि हेर्दा खानेकुरा सँगै गाँजा लुकाइएको थियो ।
सीबीपीले अन्तर्राष्ट्रिय कार्गो अमेरिका आइपुग्दा र बाहिर पठाउदा पनि निरिक्षण गर्ने गरेको बताएको छ । अमेरिकाका धेरै राज्यमा गाँजा बैधानीक छ । संघीय कानुनमा भने अझै गाँजाको बिक्री, उत्पादन, र वितरण अवैध रहन्छ । संघीय कानुनले विदेशमा गाँजा सहितको ढुवानी पठाउन निषेध गरिएको छ।
लुइसभिलका पोर्ट निर्देशक थोमस महनले आफ्ना अधिकारीहरूबाट तस्करहरू बच्न नसक्ने बताएका छन् । “लागूपदार्थका सामान कहाँ लुकाउन सकिन्छ भन्ने बारे रचनात्मक रूपमा सोच्न सिक्छन् किनभने लागूपदार्थहरू जहाँ पनि हुन सक्छ ।”
प्याजमा लुकाएर मेथाम्फेटामाइनको ढुवानी गर्ने प्रयास
क्यालिफोर्नियाका सीबीपी अधिकारीहरूले प्याजमा लुकाएर गर्न लागिएको १२ सय प्याकेज मेथाम्फेटामाइन बरामद गरेका छन् । मेथाम्फेटामाइनलाई घातक लागूऔषधको रुपमा लिइन्छ । प्याजमा मिसाइएको मेथाम्फेटामाइन पनि कुकुरले पत्ता लगाएको अधिकारीहरुको भनाइ छ ।
मेथाम्फेटामाइनका प्याकेजहरूलाई सेतो कभरसहित सानो ग्लोबमा प्याजकै आकार दिइएको थियो । लुकाउन सजिलोका लगाइदिएको तस्करको जुक्तिलाई कुकुरले विफल पारिदिएको हो ।
सीबीपीका अधिकारी अनुसार बरामद १३ सय ३६ पाउन्ड मेथाम्फेटामाइनको बजार मूल्य लगभग २.९ मिलियन अमेरिकन डलर हुन्छ ।