रुसबाट अमेरिका भित्राउन लागिएको लाखौ नक्कली यूरो सीमामा जफत
अमरिका । युक्रेनको विषयलाई लिएर अमेरिका र रुस बीचमा तनाव बढ्दै गइरहेको बेला रुसबाट अमेरिका भित्राउन लागिएको ठूलो मात्रामा नक्कली युरो अमेरिकी भन्सार र सीमा अधिकारीले जफत गरेका छन् ।
फिलाडेल्फिया भन्सार र सीमा सुरक्षा (सीबीपी) का अधिकारीहरूले रूसबाट अमेरिका भित्राउन लागिएको दुई लाख ६३ हजार भन्दा बढी नक्कली यूरो जफत गरेका हुन् ।
सीबीपी अधिकारीहरूले फेब्रुअरी ३ मा रूसबाट पठाइएको र अमेरिकाको मियामीमा गन्तव्य रहेको पार्सल निरक्षण गर्दा सो नक्कनी यूरो पक्राउ गरेको जनाएका छन् ।
फिलाडेल्फिया अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकै अन्तर्राष्ट्रिय एयर डेलिभरी पार्सलहरूको नियमित परिक्षणको क्रममा पार्सलको बहिर ‘प्ले मनी फर मोनापोली’ खेलिएको र पार्सल खोलि हेर्दा प्राप्त नोट नक्कली भएको अधिकारीहरुले जनाएका छन् ।
रूसबाट मियामी नजिकैको ठेगानामा पठाइएको पार्सल भित्र, ५०, एक सय र पाँच सय यूरोका नोट फेला पारेका थिए । मुद्रा कुल युरोमा दुई लाख तीस हजार थियो जसको अमेरिकी डलरमा दुई लाख ६३ हजार तीन सय एक हुने सीबीपीको बुलेटिनमा जनाइएको छ ।
अमेरिकी गोप्य सेवाका अनुसार, नक्कली मुद्रा एक आकर्षक व्यवसाय हो र प्राय: गैरकानुनी गतिविधिहरू वित्तपोषण गर्न प्रयोग गरिन्छ । जसमा वित्तीय ठगि, लागूपदार्थको तस्करी, आतंकवाद, र राष्ट्रको वित्तीय प्रणालीहरू विरुद्ध प्रयोग हुने अधिकारीको भनाइ छ ।
“यो सीबीपीका अधिकारीको महत्त्वपूर्ण सफलता हो यसले अन्तर्राष्ट्रिय आपराधिक संगठनहरूको नराम्रो योजनाका दाँत हाल्नेछ,” फिलाडेल्फियामा सीबीपीका एरिया पोर्ट निर्देशक जोसेफ मार्टेलाले भने ।












