स्वातारा टाउनसिप प्रहरीद्वारा हराएकी नेपाली भाषी किशोरी सिवाकोटीको खोजीका लागि सहयोगको अपिल
कार्लाल, पेन्सिलभेनिया
स्वातारा टाउनसिप प्रहरी डिपार्टमेन्टले डाउपिन काउन्ट्रीमा हराएकी एक किशोरीको खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ ।
प्रहरी डिपार्टमेन्टले फ्रेबअरी १८ तारिखदेखि हराइरहेकी नेपाली भाषी भुटानी समुदायको सुसृष्टिका सिवाकोटीको खोजीका लागि सबैसँग सहयोगको अपिल गरेको जानकारी दिएको हो ।
१५ वर्षिया सिवाकोटी आफ्नो घर ४०० ब्लक लावेन्डा कोर्टबाट निस्किएकी थिइन् । ४ फिट ८ इन्च उचाइ र १ सय २० पाउन्ड तौल रहेकी उनको खोजी कार्य तीव्र पारिएको छ ।
प्रहरीका अनुसार उनी केन्सास सिटी क्षेत्रतर्फ गएको हुन सक्ने जनाइएको छ । सिवाकोटीको अवस्थिति सम्बन्धी कुनै जानकारी भएका ७१७-५६४-२५५० नम्बरमा प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
















