विदेशमा रहेका एक सय बढी नेपाली पेशाकर्मीले गरे कांग्रेसलाई मतदान गर्न अपिल
अमेरिका / विभिन्न मुलुकमा बसोबास गर्दै आएका झन्डै एक सय जना नेपाली डाक्टर, इन्जिनियर तथा अन्य पेशाकर्मी गैर आवासीय नेपालीहरूले आगामी २१ फागुन २०८२ (५ मार्च २०२६) मा हुने आम निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न अपिल गरेका छन्।
एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आगामी निर्वाचनलाई नेपालको राजनीतिक भविष्यका लागि ऐतिहासिक र निर्णायक अवसरको रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार यो निर्वाचन केवल नियमित आवधिक प्रक्रिया मात्र नभई पछिल्लो समय विशेषगरी युवापुस्तामा देखिएको असन्तोष र परिवर्तनको आकांक्षापछिको महत्वपूर्ण मोड पनि हो।
विज्ञप्तिमा नेपाल लामो समयदेखिको राजनीतिक संक्रमण, बारम्बार सरकार परिवर्तन, नीतिगत निरन्तरताको अभाव तथा कार्यान्वयन कमजोर हुँदा थकित बनेको उल्लेख गरिएको छ। यसले जनताको धैर्य क्षीण बनाएको र विशेषगरी युवाहरू परिणाममुखी नेतृत्वको खोजीमा रहेको जनाइएको छ।
गैरआवासीय नेपालीहरूले आगामी संसद् संख्यात्मक समीकरणभन्दा पनि प्रभावकारी, जिम्मेवार र जनभावनाको प्रतिनिधित्व गर्ने हुनुपर्ने बताएका छन्। सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र सुरक्षित भविष्य सुनिश्चित गर्न सक्ने स्पष्ट नीतिगत दिशा आवश्यक रहेको उनीहरूको भनाइ छ।
विज्ञप्तिमा देशका मुख्य चुनौतीका रूपमा रोजगारी अभाव, उद्योगधन्दाको कमजोर अवस्था, पूर्वाधार आयोजनामा ढिलाइ, शिक्षा र सीपबीचको अन्तर, तथा सरकारी तहमा देखिएको भ्रष्टाचार र सेवा प्रवाहको सुस्ततालाई उल्लेख गरिएको छ। छिमेकी मुलुकहरू तीव्र आर्थिक वृद्धि र प्रविधि विकासतर्फ अघि बढिरहेको अवस्थामा नेपालले समयमै निर्णय लिन नसके श्रम निर्यातमुखी अर्थतन्त्रमै सीमित हुने खतरा बढ्ने चेतावनीसमेत दिइएको छ।
उनीहरूले नेपाली कांग्रेसभित्र सुधारको प्रक्रिया सुरु भएको दाबी गर्दै “बदल्यौं पार्टी, अब बदल्छौँ देश” भन्ने नारासहित पार्टी निर्वाचनमा होमिएको उल्लेख गरेका छन्। विविध भाषाभाषी, जातजाति र सांस्कृतिक पृष्ठभूमि भएको मुलुकमा समावेशी राजनीतिक शक्तिका रूपमा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको पनि विज्ञप्तिमा जनाइएको छ।
इतिहासतर्फ संकेत गर्दै गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक आन्दोलनहरू, शान्ति प्रक्रिया तथा संविधान निर्माणमा कांग्रेसको नेतृत्वदायी भूमिकालाई स्मरण गरेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको प्रभावकारी कार्यान्वयनका लागि अनुभवी र लोकतन्त्रप्रति प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा छ।
विज्ञप्तिको अन्त्यमा उनीहरूले सम्पूर्ण नेपाली मतदातालाई आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्न आग्रह गर्दै यसलाई स्थायित्व, सुशासन र दिगो विकासतर्फको प्रतिबद्धताका रूपमा प्रस्तुत गरेका छन्।
हेर्नोस् प्रेस विज्ञप्तिको पूर्ण पाठ:
आगामी आम निर्वाचन २०८२का अवसरमा नेपाली काँग्रेसको समर्थनमा गैर आवासीय नेपालीहरूको संयुक्त अपिल!
आम निर्वाचन २०८२को पूर्व सन्ध्यामा नेपाल राज्य ऐतिहासिक रूपमै निर्णायक मोडमा उभिएको छ। आम निर्वाचन केवल नियमित र फगत: आवधिक राजनीतिक प्रक्रिया मात्र होइन। यो सेप्टेम्बर २०२५ मा तरुण, तन्नेरी(जेनजी पुस्ता) बाट व्यक्त भएको असन्तोष, गहिरो निराशा र तत्पश्चातको विद्रोहबाट सिर्जित असामान्य र विषम परिस्थितिलाई काबुमा राख्ने तथा राज्यलाई वैधानिकतामा अग्रसर गराउने माध्यम समेत हो।
यस निर्वाचनले देशको राजनीतिक स्थायित्व, लोकतान्त्रिक संस्कार, राष्ट्रको भाग्य र भविष्यलाई दिशानिर्देश मात्रै होइन पुनः परिभाषित गर्ने समेत क्षमता राख्छ। लामो समयदेखि संसदको ठुलो दलमाथि हाबी म्याजिक नम्बर, राजनीतिक सङ्क्रमण, बारम्बारको सरकार परिवर्तन, नीति निर्माणमा ढिलासुस्ती, सोको निरन्तरताको अभाव र कमजोर कार्यान्वयनले मुलुकलाई क्लान्त बनाइसकेको छ। यस्ता चरम असन्तुष्टिका कारण जनताको धैर्य क्रमशः क्षीण हुँदै गएको छ।
विशेष गरी, युवा पुस्ताले परिवर्तनको तीव्र आकांक्षा स्पष्टरुपमा प्रदर्शन गरेका छन्। उनीहरू अब केवल आश्वासन नभै, परिणाम चाहन्छन्, लम्बेतान भाषण होइन, घोषित नीतिको प्रभावकारी कार्यान्वयन, शीघ्र देख्न चाहन्छन्। यसै सन्दर्भमा, यो निर्वाचन दीर्घकालीन सोच सहितको कुशल, योग्य र जबाफदेही नेतृत्वको चयन, सुशासन र भ्रष्टाचारमुक्त समाज, समग्र दिगो विकासको आधार निर्माण र कानुनी राज्यको सुनिश्चितताका लागि ऐतिहासिक मोड बन्न सक्छ। हामीले यस क्षणलाई सही रूपमा सदुपयोग गर्न सकेको खण्डमा नेपालले स्थायित्व, विकास, समृद्धि र आत्मविश्वासतर्फ दृढतापूर्वक अघि बढ्न सक्ने वातावरणको निर्माण हुन्छ।
आउँदो २१ फागुन २०८२ पश्चात् गठन हुने प्रतिनिधि सभा, केवल संख्यामा खेल्ने खेलमैदान मात्र नभई काबिल, अनुभवी, ज्ञानी, प्रभावशाली, जिम्मेवार र जनभावनाको सच्चा प्रतिबिम्बको पुञ्ज बन्नुपर्छ। आम जनसमुदाय सँगै विशेषतः युवा पुस्ताले अपेक्षा गरेको सुशासन, भ्रष्टाचारमुक्त समाज, पारदर्शिता, रोजगारीका अवसर र सुरक्षित भविष्यको स्पष्ट खाका संसद मार्फत सुनिश्चित हुन जरुरी छ।
२००७ साल होस्, २०३६ होस्, २०४६, २०६३/६३ नै किन नहोस् आन्दोलनलाई निष्कर्षमा पुर्याउने वा २०७२को संविधान निर्माणको काम नै किन नहोस्, देशले विगतमा पटक पटक भोगेका संकट, अस्थिरता, अनिर्णय र टकराबबाट मुक्त गराई स्थायित्व, नीतिगत स्पष्टता र दीर्घकालीन समाधानतर्फ अघि बढाउने ऐतिहासिक भूमिका जिम्मेवार, लोकतान्त्रिक र अनुभवी राजनीतिक दल र शक्तिको रुपमा नेपाली काँग्रेसले नीलकण्ठ बनेर निर्वाह गरेको थियो। आज फेरि इतिहासले नेपाली काँग्रेसलाई त्यस्तै जिम्मेवारी दृढ संकल्पका साथ वहन गर्नुपर्ने परिस्थितिमा ल्याईपुर्याएको छ।
आज नेपालका मुख्य विकास चुनौतीहरू स्पष्ट छन्, रोजगारी सिर्जनाको अभाव छ, उद्योगधन्दाको अभाव छ, पूर्वाधार आयोजनाहरू समयमा पुरा हुन सकेका छैनन्, शिक्षालाई सीप र बजारसँग जोड्न सकिएको छैन तथा सरकारका सबै तहमा भ्रष्टाचार, कुशासन र सेवा प्रवाहमा देखिएको ढिलासुस्ती हाम्रा प्रमुख समस्या हुन्। उता हाम्रै छिमेकका देशहरू भने तीव्र आर्थिक वृद्धि, प्रविधि विकास र क्षेत्रीय मात्रै होइन अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विश्वको पहिलो र तेस्रो अर्थतन्त्र बन्ने होडमा अगाडि बढिरहेका छन्। विश्व परिवेशका हालैका अन्तर्राष्ट्रिय भूराजनीतिक र कूटनैतिक घटनाहरू मध्यनजर गर्दा, नेपाल यथास्थितिमा रहँदै गर्दा कतै हाम्रो राष्ट्रियता नै खतरामा पर्ने त होइन, भनेजस्तो लाग्न थालेको छ? समयमै उचित निर्णय लिन नसकिए नेपाल फगत: श्रम निर्यात गर्ने मुलुकको अग्रणी भागमा सीमित हुने निश्चित छ।
गर्वको कुरा, सुधारको वास्तविक र यथोचित प्रयत्न नेपाली काँग्रेस भित्रबाटै सुरु भएको छ। “बदलियो पार्टी, बदल्छौँ देश” भन्ने संकल्प सहित नेपाली काँग्रेस आम निर्वाचन २०८२का लागि पूर्ण ऊर्जाका साथ होमिएको छ। विभिन्न भाषाभाषी, जातजाति, क्षेत्र, वर्ण, लिङ्ग र सांस्कृतिक विविधता भएको नेपाल जस्तो मुलुकमा सबै नेपाली अटाउने राजनीतिक दलको रुपमा नेपाली काँग्रेस जस्तो पार्टीको अपरिहार्यता कम आँक्न मिल्दैन।
नेपाली काँग्रेस एउटा राजनीतिक पार्टी मात्रै नभएर एक राष्ट्रिय शक्ति हो। नेपाली काँग्रेसको भूमिका नेपालको लोकतान्त्रिक इतिहासमा केवल एउटा राजनीतिक दलको रूपमा सीमित छैन। यो जनआन्दोलन, त्याग र राष्ट्रिय जिम्मेवारीको प्रतीक हो। निरङ्कुश राणा शासन विरुद्धको संघर्षदेखि लिएर पञ्चायती व्यवस्थाको अन्त्य, बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा काँग्रेस अग्रपंक्तिमा, महत्त्वपूर्ण भूमिकामा रहँदै आएको छ।
२०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक जनआन्दोलन सफल बनाउँदै, सहमति, सहकार्य र एकताको माध्यमबाट मुलुकलाई लोकतान्त्रिक बाटोमा फर्काउने श्रेय मात्र, नेपाली काँग्रेसलाई जान्छ । एक दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियामा रूपान्तरण गर्ने साहसिक निर्णय तत्कालीन काँग्रेसको जिम्मेवार नेतृत्व बिना असम्भवप्राय: थियो। बृहत् शान्ति सम्झौता, समावेशी राजनीतिक संवाद र संक्रमणकालीन व्यवस्थापन मार्फत मुलुकलाई गृहयुद्धबाट बाहिर निकाल्ने काम काँग्रेसको नेतृत्वले नै सम्भव भएको हो। यसै क्रममा संविधानसभा मार्फत नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक प्रक्रियामा काँग्रेसले सहमति, लचकता र राष्ट्रिय हितलाई सर्वोपरि राख्दै नेतृत्वदायी भूमिका निर्वाह गर्यो।
समाजवाद उन्मुख संघीयता, समावेशिता, मौलिक अधिकार र लोकतान्त्रिक मूल्य समेटिएको संविधानको कार्यान्वयन आजको चुनौती हो। यस्तो संवेदनशील चरणमा अनुभवी, लोकतन्त्रप्रति प्रतिबद्ध र राष्ट्रिय एकतामा विश्वास गर्ने पार्टीको नेतृत्व अपरिहार्य छ। यही ऐतिहासिक पृष्ठभूमि र जिम्मेवारीका कारण आज पनि नेपाली काँग्रेसमाथि देशलाई सुरक्षित, स्थिर र अग्रगामी दिशामा लैजाने जिम्मेवारी छ। त्यसैले, संसारभर विभिन्न पेसा र व्यवसायमा संलग्न हामी लोकतन्त्रप्रति आस्थावान गैर आवासीय नेपालीहरू आगामी आम निर्वाचनमा नेपाली काँग्रेसलाई समर्थन गर्दै सो पार्टीको चुनाव चिन्ह रुखमा मतदान गर्नुहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्दछौँ।
हाम्रो यो समर्थन केवल कुनै एक राजनीतिक दलप्रतिको झुकाव मात्र होइन, यो देशको स्थिरता, सुशासन, सुधार र उज्यालो भविष्यप्रतिको स्पष्ट प्रतिबद्धता हो। आज नेपालले विश्वसनीय नेतृत्व, नीतिगत निरन्तरता र दिगो विकासको मार्ग खोजिरहेको सन्दर्भमा हामी सबैले जिम्मेवारीपूर्वक निर्णय गर्न आवश्यक छ। यसै अवसरमा नेपालको समृद्धि, रूपान्तरण र लोकतन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसलाई समर्थन गर्न हामी पुनः विनम्रतापूर्वक आग्रह गर्दछौँ।
धन्यवाद!
नमनि: २४ फेब्रुअरी २०२६
१. डा. यज्ञदत्त पण्डित, परमाणु वैज्ञानिक, अमेरिका
२. राजेश मणि लामिछाने, समाजशास्त्री, संयुक्त अधिराज्य (बेलायत)
३. प्रकाश धमला, सार्वजनिक स्वास्थ्य अनुसन्धानकर्ता, दक्षिण कोरिया
४. अग्नि राज कोइराला, ऊर्जा वैज्ञानिक, दक्षिण कोरिया
५. डा. केशव पौडेल, चिकित्सक, स्वास्थ्य व्यवस्थापन विज्ञ, अमेरिका
६. ई. अभिमन्यु के.सी., नवीकरणीय ऊर्जा विशेषज्ञ, अष्ट्रेलिया
७. राजन प्रसाद ढुंगेल, सामाजिक अभियन्ता, क्यानबेरा, अष्ट्रेलिया
८. हिक्मत थापा, खाद्य प्राविधिक, औद्योगिक परियोजना विज्ञ, नाइजेरिया
९. डा. भोज बहादुर बलायर, उप-प्राध्यापक, मनोविज्ञान, अमेरिका
१०. जगदम्बा अधिकारी, वरिष्ठ चिकित्सा समाजसेवी, अमेरिका
११. विश्वनाथ बराल, सिनियर सफ्टवेयर इन्जिनियर, अमेरिका
१२. डा. निरजमान श्रेष्ठ, न्यानो टेक्नोलोजी वैज्ञानिक, अमेरिका
१३. दीन बन्धु भट्ट, औषधि अनुसन्धान तथा विकास वैज्ञानिक, अमेरिका
१४. डा. लेखनाथ अधिकारी, प्राध्यापक, रसायनशास्त्र, अमेरिका
१५. डा. विनोद न्यौपाने बस्ती, सहायक प्राध्यापक, भौतिकशास्त्र, अमेरिका
१६. डा. ज्ञानेन्द्र रेग्मी, वरिष्ठ इन्जिनियर (जलस्रोत), सिड्नी, अष्ट्रेलिया
१७. डा. कुल काप्री, प्राध्यापक, अर्थशास्त्र, अमेरिका
१८. दोरेन्द्र अधिकारी, सफ्टवेयर इन्जिनियर, अमेरिका
१९. महेन्द्र कुमार लम्साल, डाइरेक्टर, यती ट्राभल्स, अष्ट्रेलिया
२०. रमेश चखकुली, चार्टर्ड एकाउन्टेन्ट, राजनीतिज्ञ, नीति निर्माता, विश्वव्यापी कर सल्लाहकार, मेलबर्न, अष्ट्रेलिया
२१. केशव कुँडेल, लाइसेन्स्ड इमिग्रेसन एड्भाइजर, अष्ट्रेलिया
२२. केशव भण्डारी, सामाजिक अभियन्ता, बेलायत
२३. डा. केशव राज भट्टराई, प्राध्यापक, हल विश्वविद्यालय, हल, बेलायत
२४. विद्याभूषण काकी, चार्टर्ड एकाउन्टेन्ट, क्यानडा
२५. डा. देश राज संयोक, इन्जिनियर (मेट्रो ट्रान्जिट पूर्वाधार), अमेरिका
२६. डा. चण्डी भण्डारी, जेनेरेटिभ एआई वैज्ञानिक, अमेरिका
२७. डा. डिल्ली बन्जाडे, डाइरेक्टर अफ मेडिकल फिजिक्स स्पेसलिस्ट, अष्ट्रेलिया
२८. सूर्यप्रसाद गौतम, महामारी सल्लाहकार, सिड्नी भर्चुअल अस्पताल, अष्ट्रेलिया
२९. नारायण काफ्ले, वैकल्पिक ऊर्जा इन्जिनियर, अष्ट्रेलिया
३०. डा. कृष्ण हमाल, वरिष्ठ अर्थशास्त्री, अष्ट्रेलिया
३१. प्रज्ञा अधिकारी, बाल संरक्षण सामाजिक कार्यकर्ता (बाल तथा परिवार विशेषज्ञ), अष्ट्रेलिया
३२. रमेश जोशी, सामाजिक अभियन्ता, अष्ट्रेलिया
३३. सुरेन्द्र सिग्देल, निर्देशक, हिलशायर इन्टरनेशनल कलेज, अष्ट्रेलिया
३४. केशबहादुर गुरुङ, बीएससी एमआईईटी प्रमाणपत्र, वरिष्ठ स्वास्थ्य तथा सुरक्षा सल्लाहकार, बेलायत
३५. विमल सुवेदी, कवि, वरिष्ठ लेखापाल
३६. पुरुषोत्तम मिश्र, अष्ट्रेलिया
३७. कञ्चन पोखरेल, एमबीए, उद्यमी/सामाजिक अभियन्ता, अष्ट्रेलिया
३८. डा. दुर्गा हरी कुँवर, उप-प्राध्यापक, अगस्टा विश्वविद्यालय, अमेरिका
३९. जानकी पौडेल, परामर्शदाता/सामाजिक कार्यकर्ता, अष्ट्रेलिया
४०. सुमन बास्कोटा, करियर अभ्यस्तकर्ता, क्यानडा
४१. डिल्ली ढकाल, निर्देशक/प्रमुख मल्टी डायनामिक रियल स्टेट, स्तम्भकार
४२. डा. राजु अधिकारी, एसोसिएट प्राध्यापक, आरएमआईटी विश्वविद्यालय
४३. डा. सम्पूर्णानन्द ढुंगाना, चिकित्सक, अस्पताल सेवा विशेषज्ञ, संयुक्त अधिराज्य
४४. दुर्गा आचार्य, सामाजिक कार्यकर्ता, अर्थशास्त्री, विकासकर्ता, रियल स्टेट
४५. बुद्धि सागर सुवेदी, एनआरएनए उपाध्यक्ष, अमेरिका
४६. गजेन्द्र कटुवाल, सामाजिक अभियन्ता, हाल प्रेसिडेन्ट, सोसाइटी अफ नेपालीज प्रोफेशनल्स यूके (SONP-UK)
४७. सुरज बन्जाडे, म्यानेजर, डाटा साइन्स, अष्ट्रेलिया
४८. यादव दाहाल, सामाजिक अभियन्ता, क्यालिफोर्निया, अमेरिका
४९. विज्ञान ढकाल, सामाजिक अभियन्ता, न्यूयोर्क, अमेरिका
५०. डा. बच्चु कैलाश कैनी, राजनीतिज्ञ (लेबर पार्टी) एवं प्राज्ञ, एशिया रस्किन विश्वविद्यालय, संयुक्त अधिराज्य
५१. डिल्ली आचार्य, अन्तर्राष्ट्रिय कर नीति शोधकर्ता, पॉलिसी एड्भोकेसी, नाइजेरिया
५२. नारायण आचार्य, सामाजिक अभियन्ता, बेलायत
५३. दीपक भट्टराई, सोलिसिटर (अधिवक्ता), बेलायत
५४. राजकुमार त्रिपाठी, संयुक्त अधिराज्य
५५. गोविन्द श्रेष्ठ, व्यवसायी, अमेरिका
५६. लाल प्रसाद काफ्ले, व्यवसायी, अमेरिका
५७. हेम बहादुर ठकुरी, व्यवसायी, अमेरिका
५८. विश्व आदर्श पण्डित, संयुक्त अधिराज्य
५९. डा. जगत काकी, संयुक्त अधिराज्य
६०. राजेश लामिछाने, संयुक्त अधिराज्य
६१. विश्व घिमिरे, संयुक्त अधिराज्य
६२. अजित कुमार चौलागाईं, समाजसेवी व्यवसायी, अमेरिका
६३. ई. राजेन्द्र खरेल, संयुक्त अधिराज्य
६४. राजेन्द्र सुवेदी, संयुक्त अधिराज्य
६५. दयानिधि सापकोटा, संयुक्त अधिराज्य
६६. शेखर कुँडेल, संयुक्त अधिराज्य
६७. कृष्ण खरेल, संयुक्त अधिराज्य
६८. नारायण आचार्य, संयुक्त अधिराज्य
६९. तर्क जंग गुरुङ, संयुक्त अधिराज्य
७०. कोपिला लिम्बु, संयुक्त अधिराज्य
७१. केशव भण्डारी, संयुक्त अधिराज्य
७२. महेश कुमार दाहाल, संयुक्त अधिराज्य
७३. विज्ञान प्रसाईं, संयुक्त अधिराज्य
७४. मदनराज पौडेल, युवा अभियन्ता, अष्ट्रेलिया
७५. अग्नि चौलागाईं, हेल्थकेयर इकोनोमिक्स कन्सल्ट्यान्ट, अमेरिका
७६. कुल गुरुङ, समाजसेवी व्यवसायी, हङकङ
७७. सिता बराल, समाजसेवी व्यवसायी, डेनमार्क
७८. चिरञ्जीवी पौड्याल, संयुक्त अधिराज्य (बेलायत)
७९. रमा पोखरेल, सामाजिक अभियन्ता, अमेरिका
८०. कुमार जंग काकी, सामाजिक अभियन्ता, अमेरिका
८१. अजित कुमार चौलागाईं, सामाजिक अभियन्ता, अमेरिका
८२. रमेश अधिकारी, सामाजिक अभियन्ता, अमेरिका
८३. नवराज न्यौपाने, युवा अभियन्ता, अमेरिका
८४. अनुप ढकाल, युवा अभियन्ता, अमेरिका
८५. सिजन दाहाल, युवा अभियन्ता, बेल्जियम
८६. हेमराज बराल, सामाजिक अभियन्ता, अमेरिका
८७. महेन्द्र बस्नेत, युवा अभियन्ता, अमेरिका
८८. दिलु पराजुली, सामाजिक अभियन्ता, अमेरिका
८९. आनन्द ढकाल, युवा अभियन्ता, न्यूजिल्यान्ड
९०. अर्जुन बेलबासे, युवा अभियन्ता, साउदी अरेबिया
९१. रामजी मरासिनी, समाजसेवी, अमेरिका
९२. टुक रेग्मी, समाजसेवी, अमेरिका
९३. कृष्ण कुँडेल, समाजसेवी, अमेरिका
९४. एकदेव शर्मा, रियल स्टेट, अमेरिका
९५. दीपक तामाङ, युवा अभियन्ता, चीन
९६. दिपेन्द्र निरौला, युवा अभियन्ता, पोल्याण्ड
९७. गंगा सागर शर्मा गौडेल, युवा अभियन्ता, दक्षिण कोरिया
९८. हेमन्त बिष्ट, युवा अभियन्ता, बेल्जियम
९९. कृष्ण पाण्डे, युवा अभियन्ता, नर्वे
१००. पपुलर बेलबासे, युवा अभियन्ता, पोर्चुगल
१०१. प्रदीप जंग शाह, युवा अभियन्ता, जापान
१०२. विजय दाहाल, युवा अभियन्ता, यूके
१०३. देबु न्यौपाने, युवा अभियन्ता, स्कटल्याण्ड
१०४. राजकुमार हमाल, युवा अभियन्ता, अमेरिका
१०५. रञ्जन कुँवर, युवा अभियन्ता, क्याम्बोडिया
१०६. सहसिनाथ अधिकारी, युवा अभियन्ता, क्यानडा
१०७. समीर निरौला, युवा अभियन्ता, अष्ट्रेलिया
१०८. सन्तोष अधिकारी, युवा अभियन्ता, बहराइन
१०९. डा. सुनिल कुमार दाहाल, युवा अभियन्ता, ओमान
११०. सुनिता अधिकारी, युवा अभियन्ता, आयरल्याण्ड
१११. सुरज शर्मा अधिकारी, युवा अभियन्ता, कतार
११२. सुशील बास्तोला, युवा अभियन्ता, जर्मनी
११३. सुरेशराज त्रिपाठी, युवा अभियन्ता, साउदी अरेबिया
११४. विनोद पाण्डे, युवा अभियन्ता, माल्टा
११५. दामोदर पराजुली, युवा अभियन्ता, मकाउ
११६. विनम ढकाल, युवा अभियन्ता, यूएई
११७. निश्चल चापागाईं, युवा अभियन्ता, अमेरिका
११८. दिनेश खनाल, युवा अभियन्ता, स्पेन

















