चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो : सुभाङ्गीलाई स्वर्ण
काठमाडौं / नेपालकी सुभाङ्गी श्रेष्ठले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोश्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगितामा मंगलबार स्वर्ण जितेकी छन् ।
नेपाल तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा सुभाङले महिला ६२ केजीमुनि फाइनलमा नेपालकी सुस्मिता मोक्तानलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
पुरुष ६४ केजीमुनि भारतका अंकित, ६३ केजीमुनि नितेश सिंह र ८० केजीमुनि भारतका अक्षय हुडाले स्वर्ण जिते ।












