दोश्रो राष्ट्रिय हक्की : मधेशको जित
काठमाडौं / मधेश प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा मंगलबार जित पारेको छ ।
मधेशले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्यो । रुपेश राईले २ तथा उमेश श्रेष्ठ र अजयकुमार शाहले समान १–१ गोल गरे ।
नेपाल हक्की संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुषमै सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३–२ गोलले हरायो । सुदूरपश्चिमका किशोरराज ओझाले २ तथा आयुश शाहले गोल गरे । कोशीका सौरव दंगाल र विसु घिमिरेले गोल गरे ।
महिलामा कोशी र बागमतीले गोलरहित बराबरी खेले । सदुरपश्चिमले मधेशलाई १–० गोलले पाखा लगायो । बन्दना भट्टले निर्णायक गोल गरिन् ।
















