डीएचएसको नयाँ नियम : धार्मिक कामदारको अमेरिकी भिसा प्रक्रिया सहज
कार्लाल, पेन्सिलभेनिया / डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले संयुक्त राज्य अमेरिकामा सेवा गर्ने धार्मिक कामदारहरूको भिसा प्रक्रिया सहज बनाउन नयाँ नियम लागू गरेको छ ।
यस नियमअनुसार विदेशमा रहेका धार्मिक कामदारहरूले अमेरिकी भिसा पाउन लामो समय पर्खिनुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ ।
(डीएचएस) का अनुसार यस कदमले धार्मिक संस्थामा कार्यरत व्यक्तिहरूलाई समयमै सेवा सुरु गर्न सहयोग पुग्ने बताइएको छ ।
यो परिवर्तनले आर–१ अस्थायी धार्मिक कामदार भिसा वाहकहरूलाई असर गर्नेछ । यो भिसा श्रेणी पादरी, धर्मगुरु तथा अन्य आस्थामा आधारित कामदारहरूले अमेरिकाका धार्मिक संस्थाहरूमा काम गर्न प्रयोग गर्छन् ।
ट्रम्प प्रशासनले आप्रवासनका धेरै अन्य मार्गहरू कडाइ गरिरहेको समयमा यो नयाँ नियमले भने केही सहजता प्रदान गरेको छ ।
त्यस्तै अघिल्ला आप्रवासन नियमअनुसार, आर–१ भिसा वाहकले कम्तिमा पाँच वर्ष अमेरिकामा बसेपछि अनिवार्य रूपमा देश छोड्नुपर्थ्यो । साथै उही भिसा श्रेणीमा पुनः आवेदन दिनु अघि कम्तीमा एक वर्ष विदेशमै बस्नुपर्ने व्यवस्था थियो ।
जनवरी १४ तारिखमा (डीएचएस)ले घोषणा गरेको नयाँ नियमले एक वर्ष विदेश बस्नुपर्ने अनिवार्य अवधि हटाएको थियो ।


















