कांग्रेसको विशेष महाधिवेशन : गगन थापाको सभापतित्वमा कार्यसमिति निर्विरोध
काठमाडौं/ नेपाली कांग्रेसको दोस्रो विषेश महाधिवेशनले गगन थापाको सभापतित्वमा कार्यसमितिको निर्विरोध चयन गरेको छ।
काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन थापालाई सभापतिमा चयन गरेको हो।
उपसभापतिहरू विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला सङ्ग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खस आर्यतर्फ उदय शम्शेर जबरा, मधेसीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।
यस्तो छ कार्यसमितिको सूची

















