नेपाल स्थित अमेरिकी दूतावासले भन्यो अन्तर्वार्ता अगाडी धरौटी रकम नतिर्नु
काठमाडौं/ नेपाल स्थित अमेरिकी दूतावासले भिसाको अन्तर्वार्ता अगाडि धरौटी रकम नतिर्न भनेको छ।
दूतावासले बुधवार सामाजिक सञ्जालमा जारी गरेको सूचनामा तेस्रो पक्षका वेबसाइटहरूमा ठगी हुन सक्ने भन्दै त्यस तर्फ सचेत गराएको छ।
दूतावासले जनवरी २१, २०२६ देखि, बी–१ / बी–२ (व्यावसायिक वा पर्यटक) अमेरिकी भिसा स्वीकृत भएका सबै नेपालीले अधिकतम १५,००० अमेरिकी डलरसम्मको धरौटी रकम तिर्नुपर्ने हुन्छ भनेको छ।
सूचना अनुसार यो नियम जनवरी २१/माघ ७ अघि जारी गरिएको मान्य बी–१ / बी–२ भिसा भएका व्यक्तिहरूमा लागू हुँदैन।
‘धरौटी रकम अग्रिम रूपमा नतिर्नुहोस्। अग्रिम भुक्तानीले भिसा सुनिश्चित गर्दैन, र तेस्रो पक्षका वेबसाइटहरू ठगी हुन सक्छन्। अन्तर्वार्ता अघि गरिएको कुनै पनि भुक्तानी फिर्ता हुँदैन। भिसाका सर्तहरू पालना गरेमा धरौटी रकम फिर्ता गरिनेछ।’ सूचनामा भनिएको छ।

















