लङ आइल्याण्ड नेपाली लायन्स क्लब दीक्षान्त समारोह सम्पन्न
लेभिटाउन, न्यू योर्क / लङ आइल्याण्ड नेपाली लायन्स क्लबले अमेरिकन लिजियन पोस्ट १७११, लेभिटाउन, न्यू योर्कमा आफ्नो चार्टर नाइट तथा नयाँ सदस्य दीक्षान्त समारोह सम्पन्न गरेको छ।
गत शुक्रबार (जनवरी ९) लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट २०-के २ अन्तर्गत आयोजित उक्त कार्यक्रमले नेपाली समुदायसँगै सम्पूर्ण लङ आइल्याण्ड क्षेत्रका लागि ऐतिहासिक उपलब्धिको रूपमा स्थान बनाएको आयोजकको भनाइ छ ।
कार्यक्रममा लायन्स नेताहरू, निर्वाचित जनप्रतिनिधिहरू, समुदायका अगुवा तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा लङ आइल्याण्ड नेपाली लायन्स क्लबको औपचारिक चार्टर प्रदान गर्दै क्लबका चार्टर सदस्यहरू तथा चार्टर पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। क्लबको सेवा–मुखी यात्राको बलियो आधार निर्माण गरेको भन्दै उनीहरूको सम्मान गरिएको हो ।
क्लबले आफ्ना चार्टर सदस्यहरूलाई पनि सार्वजनिक रूपमा परिचय गराएको थियो , जसमा विश्वराज बास्तोला, गोपाल भण्डारी, रूपा भण्डारी, शंकर भण्डारी, यम चन्द ठकुरी , वसन्त चापागाईँ, एलिजाबेथ ढकाल, टीका राज ढकाल, यम राज गिरि, गोविन्द केसी, राज कुमार गुरुङ, केदार कट्टेल, महेश खड्का, राजेन्द्र खड्का, शिवराज फागु, मिलन पौडेल, सूर्य पौडेल, योगराज पौडेल, रमेश सत्या, र बाबुराम शर्मा रहेका छन्।

कार्यक्रमको सञ्चालन पीडीजी थेरेसा ह्वालेनले गरेका थिए । जसले मास्टर अफ सेरेमोनीको भूमिका निर्वाह गर्नुका साथै समापन मन्तव्य पनि दिए। कार्यक्रममा राष्ट्रिय झण्डाप्रति निष्ठा प्रतिज्ञा, प्रिशा ढकाल, ऐश्मा बुढाथोकी, दिया क्षेत्री तथा संवृद्धि बरुवालद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमहरू, साथै लायन्स परम्परा र नेपाली संस्कृतिको सुन्दर समन्वय झल्काउने औपचारिक प्रस्तुतिहरू समावेश थिए।
न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूत माननीय दधिराम भण्डारीले प्राकृतिक विपत्तिका समयमा लायन्स क्लबहरूले खेलेको महत्त्वपूर्ण मानवीय भूमिकाको चर्चा गरे । उनले नेपाल तथा विश्वभर बाढी, पहिरो र अन्य विपद्का बेला लायन्स क्लबहरूले प्रदान गर्दै आएको राहत, सहयोग र सेवाको प्रशंसा गर्दै, संस्थाको विश्वव्यापी मानवीय प्रतिबद्धतालाई उजागर गरे।
लायन्स क्लब इन्टरनेशनलका पूर्व अध्यक्ष अल ब्रान्डेलले आफ्नो सम्बोधनमा लायन हुनु केवल पद नभई जिम्मेवारी भएको उल्लेख गर्दै, सेवा, नेतृत्व र मानवीय मूल्यमा आधारित विश्वव्यापी संस्थाको सदस्य हुन पाउँदा गर्व व्यक्त गरे।

नेपाली पब्लिक रिलेसन्स कमिटी अफ अमेरिकाका संस्थापक बेदप्रसाद खरेलले लायन्स क्लबप्रति आभार व्यक्त गर्दै लङ आइल्याण्ड नेपाली लायन्स क्लबको नवगठित कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिए। त्यसै गरी, लङ आइल्याण्ड नेपाली लायन्स क्लबका सचिव योगराज पौडेलले कार्यक्रमका सम्पूर्ण सहभागी तथा अतिथिहरूलाई हार्दिक स्वागत गर्दै उनीहरूको उपस्थितिप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रमको मुख्य वक्ताका रूपमा लायन्सका पूर्व अन्तर्राष्ट्रिय निर्देशक, माननीय न्यायाधीश एन्थोनी पाराडिसोले सम्बोधन गर्दै लायन्स क्लब इन्टरनेशनल भित्र सेवा, नेतृत्व र विश्वव्यापी एकताको महत्वमाथि प्रकाश पारेका थिए।

आफ्नो मन्तव्यमा क्लब अध्यक्षले लायन्स सदस्यहरू, अतिथिहरू तथा समुदायका अगुवाहरूप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै, समुदायमा खुशी, सद्भाव र कल्याणको भावना अभिवृद्धि गर्न सामूहिक रूपमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाए । साथै, लङ आइल्याण्ड नेपाली समुदायका अग्रजहरू तथा समर्पित क्लब सदस्य र स्वयंसेवकहरूको योगदानको विशेष रूपमा प्रशंसा गरियो।
लङ आइल्याण्ड नेपाली लायन्स क्लबको नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्ने समुदायका अगुवा तथा शुभेच्छुकहरूमा महेश खड्का, दिवाकर पाण्डे, वसन्त चापागाईँ, विश्वराज बास्तोला, दुर्गेश कार्की, बाबुराम शर्मा, राजन गौली, शंकर भण्डारी, टक बहादुर रुवाली, पिपलमणि सिग्देल, राज श्रेष्ठ, सूर्य पौडेल, श्याम पौडेल, विमल डाँगी , शंखनारायण प्रजापति, विशाल रेग्मी, शोभा श्रेष्ठ, मोहन क्षेत्री तथा नरेन्द्र सुबेदी , बेगम पण्डित ,सुजाता थापा ,सुमन बरुवाल ,कला खरेल , प्रतिमा खनाल , रुपा भण्डारी , मन्जु सिटौला ,लक्ष्मी बास्तोला , लक्ष्मी थापा ,तेज कुमारी केसी ,मेनुका बरुवाल रहेका थिए।



















