सन्नी लियोनी काठमाडौंमा
.काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आइपुगेकी छन् ।
शनिबार होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन उनी नेपाल आएकी हुन् ।
यो उनको चौंथो नेपाल भ्रमण हो । उनी चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १.३० बजे अवतरण भएको थियो ।
सो क्यासिनोले बिहीबार बलिउड अभिनेता सञ्जय दत्तलाई नेपाल ल्याएको थियो ।

















